आयोजक सतिसाले सेमिफाइनलमा
शुक्रबार, ०४ पौष २०८२खेलपाटी संवाददाता

पथरी। आयोजक सतिसाले स्पोर्टिङ क्लब दोस्रो सतिसाले गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको खेलमा सतिसालेले विराटनगर सिटी फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गरेको हो। निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा घकेलिएको थियो।
टाइब्रेकरमा विराटनगरका समीर चौधरी र एकराज बुडाथोकीको प्रहार पोस्टमा लागेर फर्किएको थियो। निशकुमार श्रेष्ठको प्रहार सतिसालेका गोलकिपर विपुल मगरले बचाए। विराटनगरका तर्फबाट सुशन तामाङले मात्र गोल गरे।
सतिसालेका सुमन मगर, प्रवेश बस्नेत र निङमा घिसिङले गोल गरे। विकास परियार र अमन लामाको प्रहार विराटनगरका गोलकिपर योगेश धिमालले रोकेका थिए।
खेलको ‘प्लेअर अफ दी म्याच’ आयोजक सतिसालेका गोलकिपर विपुल मगर घोषित भए। शनिबार पथरी ११ र चुलाचुली दमक फाइनल प्रबेशका लागि प्रतिस्पर्धा गर्ने छन्।











-1766108754902.webp&w=3840&q=75)