वेलिङ्टनको जितमा साम्बाको २ गोल
शनिबार, ०५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को २ गोलसँगै निन्जा ‘ए’ लिगमा वेलिङ्टन फोनिक्सले जित निकालेको छ।
चोटबाट फर्किएकी उनले सिड्नी एफसीविरुद्धको ७–० को जितमा २ गोल थपेकी हुन्। जितसँगै वेलिङटनले ६ खेलबाट ८ अंक पुर्याएको छ। टोली सातौं स्थानमा छ। पराजित सिड्नी भने एक खेल बढी खेल्दै ९ अंकसहित छैटौं स्थानमा छ।
साम्बाले खेलको १३औं मिनेटमा हेडिङबाट गोल गरेकी थिइन्। पिया भ्लकले पेनाल्टी बक्सबाट दिएको बललाई सिक्स यार्डभित्र रहेकी साम्बाले सुन्दर फिनिसिङ गरिन्। यो नै उनको लिगमा पहिलो गोल थियो। अर्को गोल भने उनले दोस्रो हाफमा गरेकी हुन्।











