भिल्लासँग हार्यो युनाइटेड
-1766367982945.webp&w=3840&q=75)
काठमाडौं। मोर्गन रोजर्सले दुई उत्कृष्ट गोल गर्दै एस्टन भिल्लालाई म्यानचेस्टर युनाइटेडविरुद्ध २–१ को जित दिलाएका छन्। योसँगै प्रिमियर लिग उपाधि दौडमा भिल्ला मजबुत स्थान पुगेक छ।
आइतबार भिल्ला पार्कमा भएको यो जितसँगै उनाई एमेरीको टोलीले सबै प्रतियोगितामा लगातार १०औं जित निकालेको छ। लिग तालिकामा तेस्रो स्थानमा रहेको भिल्ला शीर्ष स्थानको आर्सनलभन्दा तीन अंक पछाडि छ। भिल्लाले पछिल्ला १२ लिग खेलमध्ये ११ जित निकालेको छ र सबै प्रतियोगितामा १९ खेलदेखि अपराजित छ।
पहिलो हाफको अन्त्यतिर ४५औं मिनेटमा रोजर्सले बायाँतर्फबाट भित्र काट्दै सानदार कर्लिङ सटमार्फत गोल गर्दै भिल्लालाई अग्रता दिलाए। तर, पहिलो हाफको इन्जुरी टाइममा म्याथियस कुन्याले साँघुरो कोणबाट गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए।
दोस्रो हाफको ५७औं मिनेटमा रोजर्सले फेरि उस्तै शैलीमा गोल गरे। युनाइटेडका गोलकिपर सेन्ने लामेन्सलाई छक्याए र उनले भिल्लाको जित पक्का गरे।
सिजनको सुरुआतमा कठिन अवस्थामा परेको भिल्लाले पहिलो तीन खेलमध्ये दुई हार बेहोरेको थियो। पाँच खेलसम्म त जितविहीन रह्यो। तर, त्यसपछि टोलीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि दावेदारका रूपमा आफूलाई स्थापित गरेको छ।






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
