बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

सोमबार, ०७ पौष २०८२खेलपाटी संवाददाता
एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?
Loading ad...
mustang rice ad

काठमाडौं। युरोपमा सफल रूपमा सञ्चालन हुँदै आएको नेसन्स लिगको अवधारणालाई पछ्याउँदै अब एसिया पनि सोही बाटोमा हिँड्ने भएको छ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले पनि मैत्रीपूर्ण खेललाई प्रतिस्पर्धात्मक प्रतियोगितामा परिणत गर्न एएफसी नेसन्स लिग सञ्चालन गर्ने निर्णय गरेको हो।

एएफसीले आफ्ना ४७ सदस्य राष्ट्रहरूलाई समेटेर लिग आयोजना गर्न लागिएको जानकारी दिएको छ। एसियाली राष्ट्रका टोलीलाई नियमित र गुणस्तरीय प्रतिस्पर्धाको अवसर दिन यो निर्णय लिइएको एएफसीको भनाइ छ।

एएफसीले लिग कहिले सुरु हुन्छ भनेर ठ्याक्कै बताएको छैन। तर, प्रतियोगिता फिफाको अन्तर्राष्ट्रिय ब्रेकको समयमा, विश्वकप र एसियन कप छनोटका खेल नभएको बेला आयोजना गरिनेछ। हाल एएफसीका सदस्य राष्ट्र ४७ भए पनि फिफाको सदस्यता भने ४६ राष्ट्रसँग मात्र छ।

प्रशान्त महासागरीय टापु नर्दन मारियाना आइल्यान्ड फिफाको सदस्य राष्ट्रमा समावेश छैन। फिफा वरीयताका आधारमा हेर्दा नेपाल यस एसियाको ३७औं स्थानमा छ।

यदि एएफसीले युरोपियन फुटबल महासंघ (युइएफए) को मोडेलअनुसार लिग संरचना तयार गरेमा नेपाललाई तेस्रो वा चौथो स्तरमा राखिन सक्ने अनुमान गरिएको छ। युइएफए नेसन्स लिगमा तल्लो स्तरका टोली समूह विजेता बनेमा माथिल्लो तहमा बढुवा हुने व्यवस्था छ।

कमजोर प्रदर्शन गर्ने टोली घटुवा हुन्छन्। यही प्रणाली लागू भएमा नेपालले पनि समूह विजेता बनेर माथिल्लो स्तरमा उक्लने अवसर पाउन सक्छ। लिग सुरु भएसँगै नेपालले विश्वकप छनोट र एएफसी एसियन कप छनोटबाहेक पनि नियमित अन्तर्राष्ट्रिय खेल खेल्ने सुनिश्चित अवसर पाउनेछ।

यसले राष्ट्रिय टोलीको खेल संख्या बढाउने मात्र होइन, फिफा विन्डोमा प्रतिद्वन्द्वी खोज्नुपर्ने झन्झटबाट अखिल नेपाल फुटबल संघ (एन्फा) लाई समेत राहत मिल्ने अपेक्षा गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा