लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने
-1766541370309.webp&w=3840&q=75)
काठमाडौं। आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ८–७ ले पराजित गर्दै इङ्लिस लिग कपको सेमिफाइनलमा चेल्सीसँगको भेट पक्का गरेको छ।
मंगलबार इमिरेट्स स्टेडियममा निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।
गोलकिपर केपा एरिजाबालागाले म्याक्सेन्स लाक्रोइक्सको पेनाल्टी बचाउँदै आर्सनललाई जित दिलाए। लाक्रोइक्सले खेलको ८०औं मिनेटमा आत्मघाती गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर, स्टपेज समयको अन्त्यतिर मार्क गुएहीले गोल गर्दै क्रिस्टल प्यालेसलाई बराबरीमा फर्काए।
अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटीले डिफेन्डिङ च्याम्पियन न्युक्यासलसँग प्रतिस्पर्धा गर्नेछ। बुकायो साकाको कर्नर क्लियर गर्न नसक्दा प्यालेसले गोल खाएको थियो, जहाँ लाक्रोइक्सको टच बल आफ्नै गोललाइन पार गयो। उक्त क्षणमा उनले निराश भाव देखाएका थिए।
स्टपेज समयको पाँचौँ मिनेटमा जेफरसन लेर्माले हेडरमार्फत बल झारिदिएपछि एडम व्हार्टनको फ्रिकिकमा गुएहीले बल जाली चुमाएका थिए।
पेनाल्टी सुटआउटमा लाक्रोइक्सको प्रयाससम्म सबै खेलाडी सफल थिए। तर, केपाले दायाँतर्फ डाइभ गर्दै उनको प्रहार रोके।
खेलपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले स्काइ स्पोर्ट्ससँग भने,‘हामीले धेरै अवसर सिर्जना गर्यौं। एउटा मात्र होइन, अझ धेरै गोल गर्नुपर्ने थियो। समग्रमा यो अर्को जित हो, म निकै खुसी छु।’








-1766493993239.jpg&w=3840&q=75)



