‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार
शुक्रबार, ०१ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी नियमित साधारण सभा तथा नयाँ कार्यसमिति निर्वाचनमा ‘सी’ डिभिजनबाट ९ वटा क्लबले मताधिकार प्राप्त गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न निर्वाचनबाट ती क्लबलाई मताधिकार क्लबको रूपमा छनोट गरिएको हो।
निर्वाचनमार्फत मताधिकार प्राप्त गर्ने क्लबहरूमा खालीबारी युवा फुटबल क्लब, झम्सिखेल युवा क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा एकीकृत युवा क्लब, महावीर स्टडीज एन्ड एथलेटिक्स सेन्टर, समाज कल्याण खेलकुद केन्द्र क्लब, सामाजिक युवा क्लब, स्पोर्ट्स एकेडेमी साँगा र स्वयम्भू क्लब रहेका छन्।
छनोट भएका यी क्लबहरूले अब एन्फाको आगामी साधारण सभा तथा कार्यसमिति निर्वाचनमा मतदान गर्न पाउनेछन्।






-1775446739231.webp&w=3840&q=75)
-1775383382132.jpeg&w=3840&q=75)



-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
