भूपू सैनिक वालिङ सेमिफाइनलमा
बुधबार, ०६ फाल्गुण २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, वालिङ। भूपू सैनिक वालिङ १०औं संस्करणको अर्हन्त मेमोरियल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार सम्पन्न खेलमा सगरमाथा स्कूललाई २–० गोलअन्तरले पराजित गर्दै वालिङले अन्तिम चारमा स्थान पक्का गरेको हो।
प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा प्रिन्स विकले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उत्कृष्ट प्रदर्शन गरेका उनी नै खेलका ‘म्यान अफ दी म्याच’ घोषित भए। त्यसपछि ३२औं मिनेटमा किस्मत श्रेष्ठले अर्को गोल थप्दै वालिङको जित सुनिश्चित गरे।

अर्को खेलमा शाइन भिलेजले आर्मादी स्कूलमाथि २–० को जित हात पार्यो। योसँगै शाइन क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
खेलको २३औं मिनेटमा ओसिस क्षेत्रीले पहिलो गोल गरे भने ३४औं मिनेटमा सर्विन कुँवरले दोस्रो गोल थपे।
समग्र खेल प्रदर्शनका आधारमा दक्षिश भण्डारी ‘म्यान अफ दी म्याच’ घोषित भए।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)


-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)