चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा
बिहिबार, ०७ फाल्गुण २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, वालिङ। भूपु सैनिक चापाकोट र शब्द चिन्तन पर्वत १०औं संस्करणको अर्हन्त मेमोरियल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
सिद्धबाबाविरुद्ध वाकओभर जित हात पार्दै चापकोट अन्तिम चारमा पुगेको हो। निर्धारित समयमा सिद्धबाबा टोली उपस्थित हुन नसकेपछि आयोजकले चापाकोटलाई वाकओभर दिएको हो।
योसँगै चापाकोटले फाइनलमा प्रवेश गर्न भूपु सैनिक वालिङसँग प्रतिस्पर्धा गर्ने भएको छ। यसैगरी अर्को खेलमा शब्द चिन्तन पर्वतले नेपाल आदर्शलाई १–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।
खेलको १०औं मिनेटमा उमेश पटेलीले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनी नै ‘म्यान अफ दी म्याच’ घोषित भए।
अब पर्वतले सेमिफाइनलमा शाइन भिलेजसँग प्रतिस्पर्धा गर्नेछ।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)


-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)