क्यापिटल्सलाई उपाधि
बिहिबार, ०७ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। आयोजक काठमाडौं टिम क्यापिटल्सले प्याब्सन यु–१५ क्रिकेट लिगको उपाधि जितेको छ।
लुम्बिनीको टिम मोङ्सलाई ३३ रनले पराजित गरेको हो। उपाधिसँगै विजेता क्यापिटल्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता लुम्बिनीले ७५ हजारमा चित्त बुझायो।
क्यापिटल्सले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा लक्ष्य भेट्न असफल रह्यो। लुम्बिनीका लागि एरोनजंग गिरीले ३९ रन बनाए।
क्यापिटल्सका लागि रिजन बुढाथोकी र जावेद खानले समान दुई दुई विकेट लिए। त्यसअघि मूलपानी रंगशलामा टस जितेर पहिले ब्याटिङ गरेको क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।
क्यापिटल्सका सन्दीप साउदले ६५ रनको इनिङ्स खेले। लुम्बिनीका प्रयुष उप्रेतीले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)


-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)