एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन
मंगलबार, ०१ बैशाख २०८३खेलपाटी संवाददाता

हिमालयन मनोज, गोरखा। एम्बासडर फुटबल नेपाललाई टाइब्रेकरमा हराउँदै हिल्ली फिल्डर्स गोरखा एफसी ११औं यु–१६ ओसन कपको च्याम्पियन बनेको छ।
गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा मंगलबार सम्पन्न निर्धारित खेल १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि विजेताको छिनोफानो टाइब्रेकरमा गरिएको हो।
टाइब्रकेरमा हिल्लीका गोलकिपर तथा कप्तान नन्दिका थापा, युनिशा बाराम र सरिस्मा गुरुङले गोल गरे।
एम्बासडरकी सविना सुनारले मात्र गोल गरिन्। उमा रानामगर सफल हुन सकिनन्।












