फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास
बिहिबार, ०३ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। भारतकी स्टार चेस खेलाडी रमेशबाबु वैशालीले फिडे महिला क्यान्डिडेट्स प्रतियोगिता २०२६ जितेर इतिहास रचेकी छन्।
यस जितसँगै २४ वर्षीया वैशालीले यस वर्ष हुने विश्व च्याम्पियनसिपमा जु वेनजुनसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।
जु विश्व विजेता हुन्। वैशालीले अन्तिम चरणमा युक्रेनकी कातेरीना लाग्नोलाई सेता गोटीसहितलाई पराजित गर्दै १४ मध्ये ८.५ अंकसहित उपाधि जितिन्।
यो जित अझ विशेष छ। प्रतियोगिताको सुरुआतमा वैशाली कम रेटिङ भएका खेलाडीमध्ये एक थिइन्। तर, उत्कृष्ट प्रदर्शन गर्दै उनले सबैलाई पछि पारिन्।











-1776324756993.png&w=3840&q=75)

-1776311430548.webp&w=3840&q=75)
-1776306061009.webp&w=3840&q=75)
