बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

बिहिबार, १० बैशाख २०८३खेलपाटी संवाददाता
सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा
Loading ad...
mustang rice ad

बिर्तामोड। सौरा राउतको उत्कृष्ट ह्याट्रिकको मद्दतमा धरानको फेयर एफसी चौथो बुट्टाबारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरङको बेलबारी फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै फेयरले फाइनल यात्रा तय गरेको हो।

जितसँगै फेयर एफसीले कम्तीमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सुनिश्चित गरेको छ भने बेलबारी फुटबल क्लब प्रतियोगिताबाट बाहिरिँदै खालीहात फर्किएको छ।

अब वैशाख १२ गते हुने फाइनलमा फेयर एफसीले आयोजक बुट्टाबारी युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।

IMG_9388 1

खेलको सुरुआत भने बेलबारीका लागि उत्साहजनक रह्यो। १०औं मिनेटमै सञ्जय धिमालले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। प्रारम्भिक दबाब बनाएको बेलबारीले केही समय खेल नियन्त्रणमा राखे पनि त्यसपछि खेलको लय फेयरतर्फ मोडियो।

३४औं मिनेटमा सौराले बराबरी गोल फर्काउँदै खेललाई १–१ को स्थितिमा ल्याए। त्यसपछि उनले ३८औं मिनेटमा दोस्रो गोल थपे। पहिलो हाफको अतिरिक्त समयमा पुनः गोल गर्दै राउतले व्यक्तिगत ह्याट्रिक पूरा गरे र टोलीलाई ३–१ को सुरक्षित अग्रता दिलाए।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन। बेलबारीले खेलमा फर्कने प्रयास गरे पनि फेयरका रक्षापंक्ति र गोलरक्षकको सशक्त प्रदर्शनका कारण सफल हुन सकेन।

ह्याट्रिक नायक सौरा राउत खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते