हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग
शनिबार, १९ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। पाँचपल्टको च्याम्पियन हेल्प नेपाल भलिबल क्लबलाई पराजित गर्दै रुकुम पश्चिमले दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा पुरुषतर्फ रुकुमले ३–० को सोझो सेटमा जित हासिल गरेको हो। गण्डकीका अधिकांश खेलाडी उतारेको रुकुम पहिलो सहभागिता मै च्याम्पियन बनेको हो।
हेल्प नेपाल भने तेस्रोपल्ट उपविजेतामै खुम्चिएको छ। हेल्प नेपालले यसअघि २०१७, २० २२, २०२४ र २०२५ मा उपाधि उचालेको थियो। २०१९ र २०२३ मा भने उपविजेतामा सीमित भएको थियो।
खेलका तीनै सेटमा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो। तर, अन्तत: रुकुमले बाजी मार्यो। रुकुमले खेल २९–२७, २५–२१ र ३२–३० ले जितेको हो।






-1776931409919.jpeg&w=3840&q=75)


-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)


-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)