पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा। त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आरएस पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तर्गत शनिबार संकटा क्लबलाई ४–२ ले हराउँदै आर्मी फाइनलमा पुगेको हो। पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल गर्यो।
जितसँगै आर्मीले फाइनलमा नेपाल पुलिसको सामना गर्नेछ। नेपाल पुलिस क्लबले यस अघि आयोजक आर.एस. पोखरा फुटबल क्लबलाई ८–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिताको फाइनल खेल भोलि २ बजे हुनेछ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने भएको आयोजक आर एस पोखरा फुटबल क्लबले जनाएको छ।
आर्मीको जितमा चन्द्रा भण्डारीले दुई तथा दिपा शाही र हिमा चौधरीले एक–एक गोल गरिन्। संकटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले गोल गोल गरिन्।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको निर्धारित समय सकिएपछि थप गरिएको एक मिनेटमा आर्मीका लागि दिपाले अग्रता दिलाइन्। तुलसा बोहोराको पासमा उनले सहज गोल गरिन्।
दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता दोब्बर पार्यो। ४७ औं मिनेटमा संकटाकी गोलरक्षक सुशिला चौधरीले डिफेन्स लाइनबाट आएको बललाई लङसट खेल्न खोज्दा आर्मीकी चन्द्राले गोल गरिन्। उनले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारिन्।
३–० ले पछि परेको संकटाका लागि ७० औं मिनेटमा क्वीनवेल अमक्राहले उत्कृष्ट गोल गर्दै खेलमा फर्काउने प्रयास गरिन्। लगत्तै ७२ औं मिनेटमा संकटाले फ्रिकीकमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्याएको थियो। लिसिया मोकाम्बिकले प्रहार गरेको फ्रिकीकमा आर्मीकी गोलरक्षक कोपिला खड्काले समात्ने प्रयास गर्दा बलले जाली चुमेको थियो।
निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको ८ मिनेटमा आर्मीकी हिमा चौधरीले गोल गरिन्।









-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)

-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)