शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

संयोग र नविता च्याम्पियन

शनिबार, १९ बैशाख २०८३खेलपाटी संवाददाता
संयोग र नविता च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। संयोग कपाली र नविता श्रेष्ठ दोश्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्। संयोग पुरुष तथा नविता महिलामा च्याम्पियन बने। दुवै नेपाल प्रहरीका हुन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले एभीएमका रुविन महर्जनलाई ८–११, १७–१५, ११–९, ६–११ र ११–९ को सेटमा पराजित गरे। प्रहरीका गनञ्जय दाहाल र भिजन टेबलटेनिस एकेडेमीका हिमाल विष्ट तेश्रो भए।

ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा नौंपटककी राष्ट्रिय च्याम्पियन नविताले एभीएमकी इभाना थापालाई ११–८, १२–१४, ११–६, ७–११ र १५–१३ ले हराइन्। एभीएमकी वियंका राई र भिजनकी योङगी पौडेल तेश्रो बने।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं महानगरपालिका वडा २५ का महेश श्रेष्ठ पहिलो, एभीएमका राजकुमार शाही दोश्रो तथा इखाछेनका मुकेश महर्जन र काठमाडौंका उमेश मानन्धर तेश्रो बने। ५० वर्षमाथि पुरुष सिंगल्समा एभीएमका जय महर्जनले स्वर्ण, नक्सालका रक्त मानन्धरले रजत तथा खोल्चा पुखुका नदिमरत्न शाक्य र इखाछेनका राजेन्द्र वज्राचार्यले कांस्य जिते।

ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोग तथा स्पिन इभेन्ट्स प्रा.लि. को व्यवस्थापनमा भएको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं २ का अशोक शर्मा प्रथम, होप्सका राजन सुब्बा द्वितीय तथा खोल्चा पुखुका प्रकाश धाक्वा र इखाछेनका शरद्मान श्रेष्ठ तृतीय भए।

यु–१६ मिक्स युथमा एभीएमका आरभ मल्ल, इखाछेनका सोयम महर्जन, इखाछेनका सुप्रिन्स महर्जन र खोल्चा पुखुका निर्भिक शाक्य क्रमशः शीर्ष ३ स्थानमा रहे। यो स्पर्धामा ललितपुर महानगरपालिका वडा ११ का प्रतिस्पर्धी मात्र सहमागी थिए।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर महानगरपालिका वडा ११ का अध्यक्ष अरोजकुमार खड्गी, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य रवि महर्जन, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न ६ स्पर्धा प्रतिस्पर्धा गरेका थिए। सबै स्पर्धामा पदक जित्नेलाई कुल २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित