४ अभ्यास सिरिजमा नेपाल अपराजित

काठमाडौं । सन्दीप जोराको शतकसँग नेपाल 'ए' ले अमेरिकालाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा नेपाल ७ रनले विजयी भएको हो।
योसँगै नेपालले चार खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकाालाई हराइसकेको थियो। स्कटल्यान्डलाई पनि दुवै खेलमा हराएको थियोे
नेपालले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेट गुमाएर २५७ रन मात्र बनाउन सक्यो ।
अमेरिकाका शेहान जयसुर्याले सर्वाधिक ७१ रनको इनिङ्स खेले। उनले ६७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । शुभम रञ्ज ४७, शायन जाहाँगिर ४१, स्मित पटेल ३३ तथा मिलिन्द कुमार ११ रनमा आउट भए ।
नेपालका शेर मल्लले सर्वाधिक ४ विकेट लिए। उनले ७.१ ओभरमा ३० रन खर्चिए । बसिर अहमदले ३ तथा शाहब आलम र पवन सरार्फले समान १ विकेट राखे ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर २६४ रन बनाएको थियोे।
नेपालका सन्दीपले सर्वाधिक १११ रन बनाए। ११५ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
बसिर अहमद ३८, मयंन यादव २४, नारायण जोशी १६ तथा पवन सरार्फ २० रनमा आउट भए।
अमेरिकाका सौरभ नेत्रभाल्करले सर्वाधिक ३ विकेट लिए।













