एनआरएनका संरक्षणभुषणलाई स्वर्ण
सोमबार, ०२ बैशाख २०७६खेलपाटी संवाददाता

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत लन टेनिसमा पुरुष एकलमा एनआरएका संरक्षणभुषण बज्राचार्यले स्वर्ण जितेका छन् । नेपाल आर्मीका प्रनव खनाललाई हराउँदै संरक्षणभुषणले स्वर्ण जितेका हुन् ।
उनले प्रनवलाई ६–१ र ६–२ को सेटमा हराएका हुन् ।
सो स्पार्धामा एपीएफका सन्तोष खत्री तेस्रो भए ।
महिला एकलतर्फ एपीएफकी प्रेरणा कोईरालाले स्वर्ण जितिन् । उनले फाईनल खेलमा आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सेटमा पाखा लगाईन् ।
ईरा रावत र प्रदेश तीनकी रायना शाहले काँस्य पदक जिते ।









-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
