कराते खेलाडी सम्मानित
सोमबार, ०६ जेठ २०७६खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौं युरो स्कुल, गोंगबु, बानियाँटारले पदक विजेता खेलाडीत्रय आर्यमन भण्डारी, शिवा भण्डारी र आरती भण्डारीलाई सोमबार सम्मान गरेको छ ।
तीनै खेलाडीले गत बैशाखमा ललितपुरमा भएको प्रथम वडा अध्यक्ष खुला राष्ट्रिय कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका थिए । तीनै खेलाडीले युरो स्कुलका कराते खेलाडीलाई प्रशिक्षण पनि दिइरहेका छन् ।
एकै परिवारका उनीहरुलाई टोखा नगरपालिका वडा ८ का अध्यक्ष केशवबहादुर खत्री, युरो स्कुल निर्देशक राजन कार्कीलगायतले एक कार्यक्रम सम्मान गरे ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)
