इंग्ल्याण्डविरुद्ध रोहितको शतक
सोमबार, १६ असार २०७६खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा अहिले उपाधि दाबेदार इंग्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा भईरहेको छ ।
बर्मिङघमस्थित एजबस्टन क्रिकेट मैदानमा इंग्ल्याण्डले दिएको ३३८ रनको फराकिलो लक्ष्यसहित भारतले जवाफी ब्याटिङ गरिरहेको छ । र, इंग्ल्याण्डविरुद्ध भारतका रोहित शर्माले शतक बनाएका छन् ।
रोहितले १०६ बलमा १०० रन पुरा गरे । तर, रोहित १०२ रन बनाएर आउट भए ।
जारी विश्वकपमा रोहितको यो तेस्रो शतक हो । र, रोहित एकै विश्वकपमा तीन शतक बनाउने दोस्रो भारतीय खेलाडी बनेका छन् । यसअघि सौरभ गांगुलीले एकै विश्वकपमा ३ शतक बनाएका थिए ।
भारतले अहिले ३६ ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएर खेलिरहेको छ ।






-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)


-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
