श्रीलंकाविरुद्ध वेष्ट इण्डिज बलिङ गर्दै
सोमबार, १६ असार २०७६खेलपाटी संवाददाता

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले श्रीलंका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्याण्डको चेस्टरमा वेष्ट इण्डिजले टस जितेको छ र पहिले फिल्डीङ रोजेको छ । श्रीलंकाले सुरुवातमा ब्याटिङ गर्नेछ ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । तर,दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् ।
अंक तालिकामा श्रीलंका सातौ र वेस्ट ईन्डिज नवौ स्थानमा छन् ।
श्रीलंकाले ७ खेलबाट ६ अंक जोडेको छ । उसले दुई खेलमा जित निकाल्दा तीन खेलमा पराजय भोग्य पर्यो । उसका दुई खेल बर्षाका कारण रद्व भएको थियो ।
यता वेस्ट ईन्डिजले ७ खेलमा मात्र एक खेल जित्यो । उसले ५ खेलमा हार ब्यहोर्यो । एक खेल बर्षाका कारण रद्व भएको थियो ।






-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)


-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
