सीसीआरसी सेमिफाइनलमा
मंगलबार, १७ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । सीसीआरसी नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६०–५५ ले पराजित गर्यो । सीसीआरसीका सफल मगरले १४ अंक जोडे ।
ब्वाइजमै गोल्डेनगेट, ट्रिनिटी र न्यु जेनिथ पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए । गोल्डेनगेटले एलआरआईलाई ५४–४१ ले हरायो । गोल्डेनगेटका कौशल शर्माले २० स्कोर गरे ।
ट्रिनिटीले ज्ञान निकेतनको यात्रा ६९–६१ ले पूर्णविराम लगायो । ट्रिनिटीका किरण कँडेलले १८ अंक जोडे । मोर्गन विरुद्धको खेलमा न्यु जेनिथ ७०–६३ ले विजयी भयो । न्यु जेनिथका विशाल राईले २९ अंक जोडे ।









-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)
