न्यु समिटको जित
मंगलबार, १७ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । आयोजक न्यु समिटले दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार जित हात पारेको छ ।
पिङलास्थानस्थित घरेलु कोर्टमा न्यु समिटले हिमालयनलाई १३–२ ले पराजित गर्यो । न्यु समिटको जितमा सरिता घिमिरेले ९ अंक जोडिन् । गल्र्समै एएचएमटीले सगरमाथालाई ९–३ ले हरायो । एएचएमटीकी मुना तामाङले ६ अंक जोडिन् ।
ब्वाइजमै हिमालयनले एपीएचएसलाई ५२–४६, एएचएमटीले पाटनलाई ४१–१३ र बर्नहार्टले ट्रिनिटीलाई ६०–२६ ले पाखा लगाए । एएचएमटीका प्रकाश दुराले १८ तथा बर्नहार्टका अविनाश गैरेले १५ स्कोर गरे ।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)




-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)


