मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'जीवनभर एपीएफबाट खेल्छु'

मंगलबार, २२ पौष २०७६गिता राई
'जीवनभर एपीएफबाट खेल्छु'
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य निरुता ठगुन्ना एपीएफ क्लबमा आबद्द भएकी छिन् ।

सशत्र प्रहरीको सिपाही पदमा जागिरे भएसँगै ओपन स्पाइकर निरुता एपीएफ क्लबमा आबद्द भएकी हुन् ।

लोक सेवा आयोगले सिपाही पदका लागि लिएको खुल्ला परिक्षामा पास हुँदै निरुता सशत्र प्रहरीको जागिरे भएकी हुन् । विभागको जागिरे भएसँगै राष्ट्रिय खेलाडी निरुता क्लबमा आबद्द भएकी हुन् ।

सशत्र प्रहरीको भलिबल कोअर्डिनेटर तथा इन्स्पेक्टर विजय केसीले निरुता विभागको जागिरे भएसँगै क्लबमा अनुबन्ध भएको खेलपाटीलाई जानकारी गराए ।

'निरुताले लोक सेवाको खुल्ला परिक्षाबाट सिपाहीमा नाम निकालेकी थिइन् । सशत्रको जागिरे भएपछि उनी क्लबमा आएकी हुन् । अब उनले एपीएफबाट खेल्ने छिन्,' विजयले भने ।

निरुताले बुधबार सुरु हुने होङ्गान्जी न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताबाट एपीएफ क्लबमा डेब्यु गर्ने सम्भावना रहेको छ ।

निरुताले सशत्रमा जागिर गर्न परिवारबाट सहयोग मिलेको र जागिरको लागि आफुले नाम निकालेर एपीएफ क्लबमा आबद्द भएको बताईन् ।

'एपीएफमा जाँदा परिवारबाट सहयोग मिल्यो । त्यहिँबाट भलिबल खेल्न परिवारले सुझाव दिएको थियो,' निरुताले भनिन्, 'सिपाहीका लागि आवेदन खुलेको थियो र मैले पनि आवेदन दिएको थिए ।'

निरुता गत साताबाटै एपीएफको प्रशिक्षणमा सामेल भएकी थिइन् । निरुता एपीएफबाट खेल्न समेत निकै उत्साहित छिन् ।

नेपाली महिला भलिबलमा एकछत्र राज गरिरहेको एपीएफबाट जीवनभर खेल्ने निरुताको धोको छ ।

'एपीएफ धेरै राम्रो टिम हो । यो टिमबाट खेल्न पाउँदा धेरै उत्साहित छु । एपीएफमा हुँदा खुशी छु,' निरुताले भनिन्, 'अब जिन्दगीभर एपीएफबाट खेल्छु ।'

गत कात्तिकमा राष्ट्रिय टिममा डेब्यु गरेकी निरुता यस अघि अर्को विभागीय टिम आर्मीबाट खेल्ने गर्थिन् । तर, आर्मीको परिचर पदमा जागिरे निरुताले गत जेठमा घरायसी र व्यक्तिगत कारण देखाउदै राजिनामा दिएकी थिइन् ।

जेठमा आर्मी छाडेपछि निरुता पहिलो पटक घरेलु प्रतियोगिता खेल्ने तयारीमा छिन् । निरुताले पछिल्लो पटक शेरबहादुर खड्का मेमोरियल भलिबल प्रतियोगिता खेलेकी थिइन् । उनले प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद आर्मीबाटै खेलेकी थिइन् ।

घरेलु लिग नखेलेपनि निरुताले राष्ट्रिय टिमबाट भने खेल्दै आएकी थिइन् । नेपालले गत कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबलको स्वर्ण जित्दा निरुता टिममा थिइन् ।

यस्तै घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जित्दा टिममा रहेकी थिइन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी