सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

गणेशमान सिंह स्मृति बक्सिङ सुरु

सोमबार, १७ फाल्गुण २०७७खेलपाटी संवाददाता
गणेशमान सिंह स्मृति बक्सिङ सुरु
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए ।

सोमबारदेखि सुरु भए पनि प्रतियोगिताको उद्घाटन भने फागुन १९ गते बुधबार हुनेछ । प्रतियोगितामा एक सय ७३ खेलाडी सहभागी छन् ।

स्व. सिंहले प्रजातान्त्रिक आन्दोलनका लागि गर्नुभएको संघर्ष, त्याग, समर्पण र बलिदानका बारेमा अहिलेका पुस्तालाई  खेलकुदका माध्यमबाट अवगत गराउने उद्देश्यले नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा भइरहेको प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ ।

पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूह समावेश छन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

पहिलो दिन पुरुष ५२ केजीमा आइएमटीडिओका नारायण भुजेलले टीवाइसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाइसीका राजन भट्टलाई पराजित गरे । ५६ केजीमा सिन्धुलीका अजय चौधरीले मकवानपुरका महेन्द्र राई तथा बक्समान्डुका सुरज महर्जनले सीबीसीका लक्ष्मीप्रसाद जोशीलाई हराए ।

६० केजीमा नक्साल ए का मौसम राना मगरले मेघदूतका निरज गौतम, ललितका आभाषप्रताप शाहले ए प्रोका अनिश थापा मगर, एसडब्लुटीएसबीका सन्जोक विष्टले चितवनका विवेक गुरुङ, सिन्धुलीका निमा दावा तामाङले पाटनका रायन महर्जन, थानकोटका विजनगोपाल श्रेष्ठले रामेछापका नेत्र तिरुवा तथा टीवाइसीका अनिल पुन मगरले सीबीसीका विकास गुरुङलाई पाखा लगाए ।

पुरुष ६४ केजीमा ललितका सनिल शाहीले टीकाथलीका निशान दास, रसुवाका रोविन प्रधानले एफ प्रोका प्रनिमेश थापा, धादिङका पवन गुरुङले टीवाइसीका दिनेश भण्डारी, सीबीसीका कमल श्रेष्ठले एसडब्लुटीएसबीका तुफान शाही, प्लाटिनमका अविश्वनदेव श्रेष्ठले रामेछापका सुमन श्रेष्ठ तथा बक्समान्डुका चन्द्र देवा तामाङले थानकोटका मनीष श्रेष्ठलाई पन्छाए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि