फेरि हार्यो चेन्नई

काठमाडौं। आइपीएलको ७ औं खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्यो।
यो पञ्जाबको लगातार दोस्रो जित हो। चेन्नईको लगातार दोस्रो हार थियो। चेपक स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेट गुमाएर २०८ रन बनाएको थियो। पञ्जाबले १८.४ ओभरमा मात्र ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
पञ्जाबका कप्तान श्रेयस अय्यरले अर्धशतक बनाए। प्रभसिमरन सिंहले ४३, प्रियांश आर्यले ३९ र कूपर कोनोलीले ३६ रन बनाए। विजयकुमार वैशाखले दुई विकेट लिए।
चेन्नईका लागि आयुष म्हात्रेले अर्धशतक बनाए। शिवम दुबेले ४५ र सरफराज खानले ३२ रन बनाए। म्याट हेनरी र अंशुल कम्बोजले दुई-दुई विकेट लिए।
चेन्नईभन्दा पहिले पञ्जाबले गुजरातलाई पनि हराएको थियो। चेन्नईले पनि राजस्थानसँग हार बेहोरेको थियो। पञ्जाबले चेन्नईलाई आफ्नो पछिल्ला नौ खेलमा आठौं पटक पराजित गरेको हो।














