सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

 नुवाकोटे टाईगरलाई राष्ट्रिय रिङ रेस्लिङको उपाधि

शनिबार, २१ चैत्र २०७७खेलपाटी संवाददाता
 नुवाकोटे टाईगरलाई राष्ट्रिय रिङ रेस्लिङको उपाधि
Loading ad...
mustang rice ad
पोखरा ।  नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी डेविडलाई लक लगाउदै उपाधिको रक्षा गरेका हुन ।
 
पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथी धेरै पटक शसक्त प्रहार गरेका थिए । डेभिडले टाईगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारि सकेका थिए । अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा  रिङमाथी चढेर हाईजम्ब मार्फत टाईगरमाथी जाईलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसके पछि घुडा सिधै रिङमा बज्रिदा घाईते भए । उनी उठ्नै नसक्ने गरि बजारिएको मौकालाई सदुपयोग गर्दै टाईगरले डेविड माथी आफ्नो लक लगाए पछि रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जितेका थिए ।
 
उपाधिसँगै टाईगरले नगद एक लाख पनि प्राप्त गरे । प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैया पाए । प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए ।
 
No description available.
 
शुक्रवार रद्द भएको ठगु र द युगबीच च्यालेन्ज खेल पुनः भएको थियो । हिजोको भएको खेलमा ठगुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो । त्यसपछि द युगले ठगुलाई आजका लागि रिङबाटै च्यालेन्ज गरेका थिए । ठगु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो । दुर्बले एकअर्का माथि रिङ भित्र र बाहिर रहेका वस्तुहरु प्रहार गरेका थिए ।
 
उनीहरुबीच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिढी लगायत त्यहा वरपर रहेका वस्तुहरु एक अर्का माथि प्रहार भएको थियो । निकै घमासान भएको खेलमा रगतको खोला नै बगेको थियो । तर अन्त्यमा आएर द युगले ठगुलाई उठनै नगरी पछारेपछि जित हातपार्न सफल भए । यो सँगै द युगले आईरन म्यानको उपाधि पाए ।  
 
 नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल,राखेप सदस्य सदस्य ,राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद् सदस्य सचिव तेज गुरुङ,राखेप सदस्य आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी