सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्योकुसिनका बज्राचार्यको नाममा प्रतिष्ठान खोलिने

बुधबार, २९ बैशाख २०७८खेलपाटी संवाददाता
क्योकुसिनका बज्राचार्यको नाममा प्रतिष्ठान खोलिने
Loading ad...
mustang rice ad

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण निधन भएका क्योकुसिन करातेका गुरु रामजीप्रसाद बज्राचार्यको नाममा ‘रामजीप्रसाद बज्राचार्य प्रतिष्ठान’ खोलिने भएको छ ।

रामजी गुरुका परिवार र क्योकुसिनका उनका चेलाहरुको सहयोग र नेपालमा रहेका क्योकुसिन कराते आवद्ध संघहरुको सहयोगमा उक्त प्रतिष्ठान गठन गर्न लागिएको नेपाल शो क्योकुसिन कराते संघका ब्राञ्च चिफ राजकुमार श्रेष्ठले बताएका छन् ।

हालसम्म प्रतिष्ठान गठनका निम्ति विभिन्न देशमा रहेका खेलाडीहरुले सहयोग रकम पठाउन थालिसकेका छन् । जसबाट झन्डै ४ लाख रुपैंया उठिसकेको ब्राञ्च चिफ श्रेष्ठले बताए ।

सहयोग गर्नेहरुमा बेलायतबाट सुरज कार्की र फिलिपिन्सबाट प्रभाकर शाहले एक÷एक लाख पठाएका छन् । त्यस्तै अमेरिकाबाट निमा शेर्पाले ५० हजार, भेषबहादुर खड्काले २४ हजार, अष्ट्रेलियाबाट राम केसीले २० हजार, जर्मनीबाट महेश थापाले १४ हजार दुई सय, बेल्जियमबाट सुदर्शन सिंखडा र नारायण सिलवालले १०÷१० हजार तथा धन लामाले ५५ सय, बहराइनबाट ज्ञान तामाङले १० हजार एक सय, दुबईबाट शान्तरामले ७ हजार, त्यस्तै काठमाडौंका रामशरण राणाले १० हजार, विरेन्द्र ओलीले ७ हजार एक सय, कृष्णचन्द्र बानियाँले ५५ सय र सुर्य वुढाथोकीले ५ हजार एक सय सहयोग गरेका छन्।

सहयोग रकम उठ्ने क्रम जारी रहेको र प्रतिष्ठान स्थापनार्थ ५० लाख रुपैंया उठ्ने अनुमान गरिएको छ । ‘प्रतिष्ठान कोष’ स्थापनका लागि नेपाल लगायत विश्व क्योकुसिन कराते परिवार सम्मिलित प्रतिष्ठान कोष आर्थिक संकलन समिति गठन गरिएको छ ।

त्यसको संयोजकमा युएनकेएका वरिष्ठ उपाध्यक्ष सुरज श्रेष्ठ रहेका छन् । आर्थिक संकलनको पारदर्शी हिसाब किताब युएनकेएको वेवसाइटमा प्रकाशित गरिने भएको छ ।

ब्राञ्च चिफ श्रेष्ठका अनुसार प्रतिष्ठानले क्योकुसिनको विकासमा काम गर्नेछ । क्योकुसिनका वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कार दिने र रामजी गुरुको नाममा प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको ब्राञ्च चिफ श्रेष्ठले बताएका छन् ।

उनले भने – ‘तर उहाँको नामको प्रतियोगितामा प्रतिष्ठानमा रहेको वजेटबाट नभई अन्य स्रोतबाट रकम जम्मा गर्ने हाम्रो योजना छ । क्योकुसिनमा नेपालमा २०÷२२ वटा संस्था छन् । सबैले सहयोगको बाचा गरेका छन् ।’

प्रतिष्ठानको गठनमा नेपालमा रहेका क्योकुसिनका संघसंस्थाका प्रतिनिधिहरु र रामजी गुरुको परिवारका सदस्य मिलेर गठन गर्न लागिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको गत मङ्गलवार निधन भएको थियो ।

क्योकुशिन करातेका पूर्व अन्तराष्ट्रिय चर्चित खेलाडी, वरिष्ठ प्रशिक्षक उनी नेपाल फुल कन्ट्याक्ट् कराते महासंघका वरिष्ठ उपाध्यक्ष थिए ।

स्व. बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कनट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोनेसियामा उनले काश्य पदक जितेका थिए ।

२०३९ सालदेखि क्योकुसिन कराते खेल्न थालेका स्व. बज्राचार्यको नेपाली मार्शल आर्ट्सको क्षेत्रमा ठूलो योगदान रहेको छ । स्व. बज्राचार्यका श्रीमती, १ छोरा र २ छोरी छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन