सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्वर्ण विजेतालाई खड्काको व्यक्तिगत पुरस्कार

बुधबार, २१ पौष २०७८खेलपाटी संवाददाता
स्वर्ण विजेतालाई खड्काको व्यक्तिगत पुरस्कार
Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप बुधबार नगद पुरस्कार प्रदान गरेका  छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौंले मात्र ४ स्वर्ण जितेको थियो । तिनै ४ स्पर्धाका ६ स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

व्यक्तिगत स्पर्धामा स्विकार रजक, सुस्मिता मोक्तान र रन्जित साउद तथा समूहगत पुम्सेमा स्मृति नेपाली, मोनिका रम्तेल र मोनिका मगरले स्वर्ण जितेका थिए । चारै स्वर्णका लागि समान ५–५ हजार नगद पुरस्कार प्रदान गरियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकाल, बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले स्वर्ण विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा उक्त प्रतियोगितामा रजत र कांस्य पदक जित्न सफल काठमाडौंका खेलाडीलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । टिम प्रशिक्षकत्रय गौरव रजक, रञ्जन श्रेष्ठ र कमल श्रेष्ठ पनि प्रशंसा पत्रबाट सम्मानित  भए ।

त्यस अवसरमा काठमाडौं जिल्लाका विभिन्न ११ नगरपालिकामा तेक्वान्दोको विकास र विस्तारका लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले आफ्ना कार्यसमितिका पदाधिकारीलाई संयोजक तोक्दै पत्र पनि हस्तान्तरण गर्यो ।

संखरापुरमा घनश्याम कार्की र मुना खवास, कागेश्वरी मनोहरामा घनश्याम कार्की, गोकर्णेश्वरमा सारदा धिमाल, बूढानीलकण्ठमा गणेश तामाङ, टोखामा कविता श्रेष्ठ, तार्केश्वरमा सानुबाबु महर्जन, काठमाडौंमा राजेन्द्र पुजारी, नागर्जुनमा सरोज बाँस्कोटा, चन्द्रागिरीमा प्रदीप आले, दक्षिणकालीमा मनोजकुमार शाह र कीर्तिपुरमा दशरत्न शाहीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै काठमाडौं जिल्ला तेक्वान्दो संघले विभिन्न समिति गठन गर्दै संयोजकलाई पनि सोही कार्यक्रममा पत्र हस्तान्तरण गर्यो । प्रतियोगिता समितिमा सरोज बाँस्कोटा, ग्रेडिङ समितिमा मनोजकुमार शाह, निर्णायक समितिमा अशोक खड्का, जिल्ला टिम तयारी समितिमा गौरव रजक, अनुशासन तथा अनुगमन समितिमा गणेश तामाङ र आर्थिक समितिमा सारदा धिमाललाई संयोजकको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा सगरमाथा तेक्वान्दो डोजाङ, युकेका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गरेको २५ थान कुर्सी पनि काठमाडौं जिल्ला तेक्वान्दो संघलाई हस्तान्तरण गरिएको थियो ।

Loading ad...
LiNing Ad
स्वर्ण विजेतालाई खड्काको व्यक्तिगत पुरस्कार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि