नासिरको नयाँ राष्ट्रिय कीर्तिमान
बिहिबार, २२ बैशाख २०७९खेलपाटी संवाददाता
काठमाडौं । नासिर याहया हुसैनले २४ औं राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । नासिरले हिटमा उक्त टाइमिङ निकालेका हुन् ।
फाइनलमा भने नासिरको टाइमिङ २ मिनेट ०१.६० सेकेन्ड रह्यो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गरे ।
नासिरको नयाँ राष्ट्रिय कीर्तिमान











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)