थाइल्याण्डमा नेपाललाई तीन रजत पदक
सोमबार, २३ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालका तीन जना खेलाडीले थाइल्याण्डमा आयोजना भएको मोइ थाई फेस्टिभल अन्तर्गत 'थाइल्याण्ड कप' रजत पदक जितेका छन् ।
डब्लुबीसी मोइ थाई नेपालले प्रतियोगितामा नेपालका तीन खेलाडीले रजत पदक जितेको जनाएको छ ।
नेपालका गेन्जी राई, लाल बहादुर तामाङ र डिग विजय सिंह राठोरले रजत पदक जितेका हुन् ।
प्रतियोगिता फेब्रुअरी १ देखि ६ सम्म आयोजना भएको थियो ।
नेपाली टोलीको अफिसियलमा राजु राई र पुरण रोकाया रहेका थिए ।
प्रतियोगितामा २४ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।



थाइल्याण्डमा नेपाललाई तीन रजत पदक







-1724767749.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
