डुवाना र नासिर हिट चरणबाटै बाहिर
बुधबार, १० आश्विन २०८०खेलपाटी संवाददाता
काठमाडौं । हाङझाव एसियाडको पौडीमा प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।
बुधबार महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् ।
उनले निर्धारित दूरी तय गर्न १ मिनेट २० दशमलव १५ सेकेन्ड समय लाइन् । ७ खेलाडीले प्रतिस्पर्धा थिए ।
डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।
पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा दोश्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ०० दशमलव १४ सेकेन्डमा पार गरे ।
८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं भए ।
#डुवाना र नासिर










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
