शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

एरिका र कबड्डी खेलाडीले कति पुरस्कार प्राप्त गर्लान् ?

सोमबार, २२ आश्विन २०८०खेलपाटी संवाददाता
एरिका र कबड्डी खेलाडीले कति पुरस्कार प्राप्त गर्लान् ?
Loading ad...
mustang rice ad

काठमाडौं । एसियाली गेम्सको १९ औं संस्करणमा नेपालले एक रजत र एक काँस्य पदक हात पार्यो । आईतबार हान्जाओमा सम्पन्न प्रतियोगितामा नेपालबाट कराँतेकी एरिका गुरुङले ब्यक्तिगत स्पर्धामा रजत पदक हात पारिन् भने कबड्डीको महिला टोलीले टिम इभेन्ट्समा काँस्य पदक प्राप्त गर्यो ।

खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्दा नेपाल सरकारले राष्ट्रिय खेलकुद विकास ऐन र नियमावलीमार्फतनै पुरस्कारको स्पष्ट ब्यवस्था गरेको छ । विजेता खेलाडीको पुरस्कार सुनिश्चित गर्न र पुरस्कार रकममा एकरुपता ल्याउन सरकारले नियमावली मार्फतनै यो व्यवस्था गरेको छ ।

एसियाडमा रजत पदक जितेकी एरिकाले सरकारको नियम अनुसार नगद १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । एसियाली खेलकुदमा ब्यक्तिगत स्पर्धामा रजत पदक विजेता खेलाडीलाई सरकारले सो रकम ब्यवस्था गरेको छ । 
पुरस्कार खेलाडीको रुपमा एरिकाले मात्र प्राप्त गर्ने छैनिन्, प्रशिक्षकको रुपमा कुशल श्रेष्ठले समेत रजत पदकको ३ लाख ९० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । एरिकासँग जोडिएका सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियोलाई समेत सरकारले जनही १ लाख ९५ हजार रुपैयाँ नगद प्रदान गर्नेछ ।

एसियाली खेलकुदको पदकको पुरस्कार खेलाडी, प्रशिक्षक र अफिसियलले मात्र प्राप्त गर्नेछन्, सम्बन्धित खेल संघले समेत प्राप्त गर्नेछ । सोही अनुसार नेपाल कराँते महासंघले एरिकाको पदकबाट ६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 
एरिकाले रजत जित्नुअघि नेपालको पदकको सुन्यतालाई चिरेको थियो, महिलाको कबड्डी टिमले । नेपालका लागि महिला कबड्डीमा काँस्य पदक जित्ने टिमका खेलाडीले जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मुख्य प्रशिक्षकको रुपमा पार्वती राईले २ लाख ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछिन् । 

महिला कबड्डी टिमसँग जोडिएका सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियोले भने जनही १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । देशका लागि काँस्य पदक जिताउने नेपाल कबड्डी संघले भने ३ लाख ९० हजार रुपैयाँ पुरस्कार सरकारले प्रदान गर्नेछ ।

त्यसो भए नेपाली खेलाडीले एसियन गेम्समा स्वर्ण पदक जितेको भए कति पुरस्कार पाउथे त ? 

यदी कुनै नेपाली खेलाडीले एसियन गेम्सको ब्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेको भए ३२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने थिए । टिम इभेन्ट्सबाट जितेका थिए, प्रत्येक खेलाडीले १३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने थिए । 


 

Loading ad...
LiNing Ad
# एरिका र कबड्डी खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ