शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता 

शनिबार, २५ कार्तिक २०८०खेलपाटी संवाददाता
नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता 
Classic Tech Internet Ad

नेपालगन्ज । बाँकेमा जनस्तरबाट पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता सम्पन्न भएको छ । 

नेपालगन्ज स्वीमिङ क्लबले शनिवार नेपालगन्ज रंगशाला परिसरमा आयोजित पौडी प्रतियोगिताको ५० मिटरको खुल्ला पुरुषतर्फको बटरफ्लाईमा नेपालगन्जका अमित रावलले स्वर्ण, दाङका सुवेश पाण्डेले रजत र नेपाली सेनाका भुवन बोटेले काँस्य पदक प्राप्त गरे ।

यस्तै ५० मिटरकै खुल्ला पुरुष फ्रिस्टाइलमा दाङका सुवास पाण्डेले स्वर्ण, नेपाली सेनाका भुवन बोटेले रजत र नेपालगन्जका अमित रावलले काँस्य पदक प्राप्त गरे ।

महिलाको ५० मिटर खुल्ला फ्रिस्टाइलमा सुप्रिया रावलले स्वर्ण, डा. महिमा शाहले रजत र जमुना डाँगीले कास्य पदक प्राप्त गरे । सोही अनुसार १५ वर्ष मुनिका बालिकाको ५० मिटर फ्रिस्टाइलमा जमुना डाँगीले स्वर्ण, संस्कृति अधिकारीले रजत र कश्बी गुरुंगले काँस्य पदक जिते ।

यस्तै १४ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा अनमोल केसीले स्वर्ण, श्यामुल सुनारले रजत र उज्वल क्षेत्रीले कास्य पदक प्राप्त गरे । सोही प्रकारले १२ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा इभान्सु भट्टराईले स्वर्ण, प्रज्वल रानाले रजत र सिजन थापाले कास्य पदक प्राप्त गरे । 

१२ वर्षमुनिका बालिकको ५० मिटर फ्रिस्टाइलमा सारिकाले स्वर्ण र आरोशी डिसीले रजत पदक प्राप्त गरे । १० वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा सुशान्त बोहोराले स्वर्ण, बसन्त थारुले रजत र मनन् शर्माले कास्य पदक जिते । 

यस्तै १० वर्षमुनिका बालिकाको २५ मिटर फ्रिस्टाइलमा सम्बृद्धि न्यौपानेले स्वर्ण र प्रिसेस जिसिले रजत पदक जिते । ८ वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा संस्कार न्यौपानेले स्वर्ण, सुमित वाग्लेले रजत र रिजन बोहोराले कास्य पदक जिते । 

पदक विजेता खेलाडीहरुलाई नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्ट, नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्ट लगायतले पुरस्कृत गरेका थिए ।

८ वर्षदेखि १५ वर्ष उमेर समूह र खुलातर्फ २५ मिटर र ५० मिटरका फ्रिस्टाइल, बटरफ्लाइ विधा गरि ९ वटा स्पर्धामा बाँके, बर्दिया, दाङ, रुपन्देही, गुल्मी र नवलपरासीका ५२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मेडल जित्ने अधिकांश बाँकेका छन् । 

त्यसैगरी नेपालगन्ज स्वीमिङ क्लबले खेल क्षेत्रमा योगदान दिने तीन जनालाई सम्मान गरेको छ । क्लबले ट्रायथलनका अफिसियल चाहाना शाह, पौडीका अफिसियल विष्णु खड्का र पौडी प्रशिक्षक दीपक परियारलाई सम्मान गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad
#लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ प्रतियोगिता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने