शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

निसर्ग बाटिका टिम च्याम्पियन

बिहिबार, १२ पौष २०८०खेलपाटी संवाददाता
निसर्ग बाटिका टिम च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । निसर्ग बाटिका स्कुल २६ औं संस्करणको राष्ट्रिय खुल्ला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ ।

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा निसर्गले कुल १ सय ४८ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो ।

दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा रहेको काठमाण्डौ वल्र्ड स्कुलले २६ अंक प्राप्त गर्यो । प्रतियोगितामा १३ स्कुलको सहभागिता रहेको थियो ।

प्रतियोगिताको खुल्लातर्फ २ सय मिटर फ्रिस्टायलमा अथर्व सिंहले स्वर्ण जिते । उनले २ मिनट ५ दशमलव २७ सेकेन्डमा दुरी पुरा गरेका हुन् । दोश्रो स्थानमा निसर्गका सुविज्ञ मान तुलाधर र तेश्रो स्थाना निसर्गकै सनिल कुमार थापा मगर रहे ।

पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा विकास कुमालले ३१ दशमलव ३९ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । दिपंकर अवालेले रजत र प्रिमियरका इरभिन श्रेष्ठले कास्य जिते ।

पुरुष सय मिटर ब्याक स्ट्रोकमा १ मिनट ४ दशमलव ०३ सेकेन्ड समयका साथ निसर्ग बाटिकाका जाडेन श्रेष्ठले स्वर्ण जिते । दोश्रो स्थानमा अथर्व सिंह र तेश्रो स्थानमा आरोन भण्डारी रहे ।

पुरुष १०० मिटर ब्रेष्ट स्ट्रोकमा दिपंकर अवालेले स्वर्ण जिते । उनले विकास कुमाललाई रजतमा खुम्चाउन सफल भए । अथर्व सिंहले कास्य पदक पाए ।

पुरुषको ५० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजलकाजी ताम्राकारले २४ दशमलव ३९ सेकेन्ड समयका साथ आफ्ना लागि तेश्रो स्वर्ण जिते । उनले प्रतियोगिताको पहिलो दिन २ स्वर्ण जितेका थिए । प्रिमियरका इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कास्य पाए ।

महिला १०० मिटर बटरफ्लाईमा मेगन गुरुङ्गले १ मिनट १७ दशमलव २८ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । स्वस्तीश्रीकी आहना मर्जनले रजत र लिटल एन्जल्सकी काभ्या श्रेष्ठले कास्य जिते ।

महिला १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीकी अनुसिया तण्डुकारले १ मिनट २ दशमलव ८९ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा मेगन गुरुङ्गले रजत र प्रिमियरकी रोशा न्यौपानेले कास्य हात पारे ।

महिला ५० मिटर बटरफ्लाईमा ३२ दशमलव ५२ सेकेन्ड समयका साथ प्रिमियरकी रोशा न्यौपानेले स्वर्ण जितिन् । मेगन गुरुङ्गले रजत हात पार्दा सेन्ट मेरी स्कुलकी देभान्सी जोशीले कास्य जितिन् ।

महिला ५० मिटर ब्रेकस्ट्रोकमा आर्या महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३४ दशमलव ५४ सेकेन्ड समयमा पुरा गरिन् । निसर्गकी बैनभी श्रेष्ठले रजत र मिल्सवेरीकी सिसोम्बुन राईले कास्या जिते ।

बिजेता खेलाडीलाई ललितपुर महानगरापालिकाका मेयर चिरी बाबु महर्जन, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad
#निसर्ग बाटिका टिम च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने