शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

उपाधिका लागि दिनेश र जयराम भिड्ने 

बिहिबार, १२ पौष २०८०खेलपाटी संवाददाता
उपाधिका लागि दिनेश र जयराम भिड्ने 
Classic Tech Internet Ad

काठमाडौं । डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति र चौथो वरियताका जयराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन्।‌

रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको सेमिफाइनल खेलमा तेस्रो वरियताका दिनेशले १६ औं होलमा जित आफ्नो पक्षमा पारे। उनले सातौं वरियताका रामे मगरलाई ३,२ ले हराउँदै लगातार दोस्रो पटक यो प्रतियोगिताको फाइनलमा स्थान बनाए। उनले नौ होलको समाप्तीमा दुई होलको अग्रता बनाइसकेका थिए। उपाधि रक्षा गर्न दिनेश अब मात्र एक जित टाढा रहेका छन्।‌

अर्को सेमीफाइनल खेलमा चौथो वरियताका जयराम श्रेष्ठले नवौं वरियताका भुवन कुमार रोक्कालाई अत्यन्त प्रतिस्पर्धामक खेलमा अन्तिम होलमा हराए। नवौं होलको समाप्तीमा जयरामले एक होलको अग्रता बनाएका थिए।

भुवनले पुनरागमन‌ गर्दै १५ होलको‌ समाप्तिमा एक होलको‌ अग्रता बनाएका थिए। तर १६ औं‌ र १७ औं होल आफ्नो पक्षमा पारेका जयरामले फाईनलमा स्थान सुरक्षित गरे। 

यसअघि बिहीबारनै भएको क्वाटरफाइनलमा नवौं वरियताका भुवन कुमार रोक्काले अप्रत्याशित नतिजा निकाले। उनले पहिलो वरियताका दाबेदार भुवन नगरकोटीलाई ४/३ ले हराए। जयरामले क्वाटरफाइनलमा पाँचौ वरियताका सञ्जय लामालाई २/१ ले हराएका थिए। 

अर्को क्वाटरफाइनलमा दिनेश प्रजापतिले छैटौ वरियताका रबि खड्कालाई अन्तिम होलमा हराउँदै संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यस्तै रामे मगरले क्वाटरफाइनलमा १५ औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले माथ दिए। प्रदीपले हिजो पहिलो चरणमा दोस्रो वरियताका नीरज तामाङलाई हराएका थिए। 

शुक्रबार दिनेश र जयरामबीचको फाइनल खेल ३६ होलको हुनेछ। तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुनेछ।

कुल २ लाख ५० हजार  नगद पुरस्कार‌ राशीको प्रतियोगिताको विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्। 

Bajaj Pulsar Motorcycle Ad
#दिनेश प्रजापति र चौथो वरियताका जयराम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी