मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

दोलखा चेस होम नेपालको एकल अग्रता 

बुधबार, २५ पौष २०८०खेलपाटी संवाददाता
दोलखा चेस होम नेपालको एकल अग्रता 
Loading ad...
mustang rice ad

ललितपुर । छैठौं संस्करणको तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको तेश्रो दिन पाँचौं चरणको समाप्तिमा दोलखा चेस होम नेपाल एकल अग्रता लिन सफल भएको छ । 

बुधबार सम्पन्न चौंथो चारणमा आयोजक ललितपुर स्पोर्ट्स क्लबमाथि जित हात पारेको थियो भने पाँचौं चरणमा थापाथली पार्क चेस क्लबलाई पराजित गर्दै १० अंकसहित दोलखा एकल अग्रता लिन सफल भएको हो ।

दोलखाका वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले बुधबारको खेलमा राजन सुवेदीलाई हराए भने क्षितिज भण्डारीसँग बराबरी खेले । दोश्रो बोर्डमा खेलिरहेका सुश्रुत दहालले सुरोज महर्जनमाथि जित निकाले भने सुशिल चौधरीसँग बराबरी खेले । 

महान नर्सिङले रिसोन थापासँग बराबरी खेले भने सेम सुब्बामाथि विजयी प्राप्त गरे । गल्स र अण्डर १६ युवा अन्तर्गत डब्लुएफए सुजना लोहनीले आयुष देमन रौरालाई पराजित गर्दै अनुपजंग शाहसँग बराबरी खेलेकी छिन् । राष्ट्रिय क्लब टिम च्याम्पियनसिपको मूल मर्म अनुरुप दोलखाका चारै जना खेलाडीले टिमलाई जिताउन महत्वपूर्ण योगदान पुर्याए । 

अर्को टिमतर्फ आयोजक ललितपुर स्पोर्ट्स क्लब चौंथो चरणमा दोलखा चेस होमसँग पराजित भए पश्चात् पुनः पाँचौं चरणमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्यो र नकआउट चरणमा प्रवेश गर्ने प्रवल सम्भावनालाई जिवित राख्न सफल भएको छ ।

आयोजक ललितपुरका राजन सुवेदीले पुरुषोत्तम दहालसँग बराबरी गरेका छन् भने सुरोज महर्जनले विक्रम चोकामीलाई हराए । रिसोन थापाले स्वर्णिम दुवाललाई पराजित गरे र आयुष देमन रौराले अभिक शाहसँग बराबरी गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए । ललितपुर स्पोर्ट्स क्लब ८ अंकसहित दोश्रो स्थानमा रहेको छ । 

मकवानपुर जिल्ला बुद्धिचाल संघले ललितपुर महानगरपालिकालाई पराजित गर्दा सीएम कृष्ण थापाले सीएम सजिन महर्जनसँग हार व्यहोरे भने सिन्देश्वर दाशले कमल श्रेष्ठलाई, सुदेन टुईटुईले आर्य मुकारुङलाई र अनुशा गौतमले पुनम प्रसाईंलाई पराजित गरे ।

त्यस्तै पाँचौं चरणमा मकवानपुर जिल्ला बुद्धिचाल संघका सीएम कृण थापाले गोदावरी नगरपालिकाका धिरेन राईलाई र अनुशा गौतमले सान्ती धिमाललाई हराइन् । सिन्देश्वर दाशले सानुभाई महर्जनसँग बराबरी गर्दा सुदेन टुईटुई सुभम न्यौपानेसँग पराजित भए । मकवानपुरले ८ अंक प्रोग्रेसिप आधारमा तेश्रो स्थानमा रहेको छ ।  

पाँचौं चरणको नतिजा अनुरुप कोसी प्रदेश चेस संघ र थापाथली चेस पार्क समान ७ ७ अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई जिवितै राखेका छन् । भक्तपुर जिल्ला बुद्धिचाल संघ, दोलखा जिल्ला बुद्धिचाल संघ र लुम्बिनी इभेन्ट म्यानेज्मेन्ट समान ६-६ अंक जोडेर क्रमशः छैटौं, सातौं र आठौं स्थानमा रहेका छन् । प्रतियोगितामा गोदावरी नगरपालिका, पुल्चोक चेस क्लब र कास्की जिल्ला बुद्धिचाल संघ समान ५-५ अंकसहित नवौं, दशौं र एघारौं स्थानमा रहेका छन् । 

यसैगरी भोलि बिहीबार बिहान नौ बजे शुरु हुने महत्वपूर्ण खेलहरुमा मकवानपुर जिल्ला बुद्धिचाल संघले दोलाखा चेस होमसँग, थापाथली पार्क चेस क्लबले ललितपुरसँग, कोसी प्रदेश चेस संघले दोलखा चेस संघसँग, लुम्बिनीले भक्तपुरसँग र कास्कीले गोदावरीसँग नगरसँग प्रतिस्पर्धा गर्नेछन् । सातौं चरणको खेल पश्चात उत्कृष्ट चार टिमले नकआउट चरणमा प्रवेश गर्नेछन् । 

प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। 

प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कारको व्यवस्था गरिएको छ।
 

Loading ad...
LiNing Ad
#तुल्सिलाल बुद्धिचाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

दोस्रो खेलमा चार परिवर्तन

दोस्रो खेलमा चार परिवर्तन

नेपालले टस जित्यो

नेपालले टस जित्यो

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

सिनियर टोलीमा सन्तोषको डेब्यु

सिनियर टोलीमा सन्तोषको डेब्यु

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा