सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रको टिमलाई

शनिबार, १३ माघ २०८०खेलपाटी संवाददाता
सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रको टिमलाई
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल नम्बर १ प्रो शुक्रबहादुर राई र उनको टिमले आज ७०–पारको धरान गल्फ क्लबमा भएको सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ।

विजेता टिममा एमेच्योर गल्फरहरू लेफ्टिनेन्ट कर्णेल दिनेश बानियाँ, मिलन याखा र कवि थापासँग शुक्र ड्रमा परेका हुन। दिनेशले ४०, तथा मिलन र कविले ३९ अंक सहित कुल ११८ को स्कोरमा यो टिमले पहिलो स्थान हात पारेको हो।

प्रो राजेन राई र एमेच्योर श्याम तामाङ, दिवस तुलाधर र सुनिल कार्कीले  कुल ११० अंकका साथ दोस्रो स्थान हात पारे। श्यामले ३९, दिवासले ३६ र सुनिलले ब्याकमा ३५ अंक जोडे।

प्रो भुवन नगरकोटी तथा एमेच्योर अर्जुन सुनुवार, भटराज गुरुङ र युवराज तामाङ तेस्रो भए। तेस्रो हुने टिमले कुल १०५ अंक बनाएको थियो। १ सय ५ अंक जोड्ने क्रममा तीनैजना एमरच्योर गल्फरले समान ३५÷३५ अंक जोडे।

महिलातर्फ सुष्मा सिंहले ३४ अंक जोडेर उत्कृष्ट व्यक्तिगत अवार्ड हात पारिन। लङगेष्ट ड्राइभको उपाधि प्राकृत तामाङ र क्लोजेष्ट टु दी पिनको उपाधि मेजर आदित्य प्रताप सिंहले प्राप्त गरे।

शुक्रवार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनका शीर्ष ६ प्रो गल्फरलाई ड्रमा राखिएको थियो र नेपाल नम्बर १ प्रो शुक्रले शीर्ष तीन टोलीका लागि चिठ्ठा निकालेका थिए।  एमेच्योरतर्फ तीन उत्कृष्ट स्कोर गरेका गल्फर पहिलो हुने टोलीमा थिए। यस्तै चौथो, पाँचौं र छैटौं एमेच्योर उपविजेता टोलीमा हुँदा तेस्रो हुने टिममा सातौं, आठौं र नवौं स्थानमा रहेका एमेच्योर गल्फरहरू थिए।

प्रतियोगितामा कुल ८० एमेच्योर र १६ प्रोको सहभागीता रहेको थियो। विजेताहरुलाई मेजर जनरल आशबहादुर तामाङ, डीआईजी चन्द्रकुमार खापुङ, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयश प्याकुरेल, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बुले पुरस्कार वितरण गरे।

नेपाल नम्बर एक प्रो शुक्रले ५४ होलको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका थिए। उनले समग्रमा ३–अन्डर २ सय ७ को स्कोर खडा गरेका थिए। धरानकै निरज तामाङले समग्रमा २–ओभर २ सय १२ को स्कोरमा  दोस्रो र भुवन नगरकोटी ३–ओभर २ सय १३ को नतिजामा तेस्रो स्थान प्राप्त गरेका थिए।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनमा  कुल ३० प्रो र १७ एमेच्योर गल्फरको सहभागीता रहेको थियो।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि