शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

पहिलो दिन सद्भाव, ईदान्त र अवानी शीर्ष स्थानमा

बुधबार, २८ चैत्र २०८०खेलपाटी संवाददाता
पहिलो दिन सद्भाव, ईदान्त र अवानी शीर्ष स्थानमा
Classic Tech Internet Ad

काठमाडौँ। नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनिअर टूर नेपाल च्याम्पियनसिपको पहिलो दिन सद्भाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ–आफ्नो उमेर समूहमा शीर्ष स्थान रहेका छन्।

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसिप अन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समूहमा राष्ट्रिय टिमका सदस्य सद्भाव आचार्य ५–अन्डर ६३ को उत्कृष्ट स्कोर सहित शीर्षस्थान रहे। उनले संसार बिकेमाथि १३ स्ट्रोकको फराकिलो अग्रता बनाएका छन्।

सद्भावले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए। पहिलो, दोस्रो, चौथो र नवौँ होलमा एक–एक सट बचाए। तर ५–पारको तेस्रो होलमा डबल बगी खेपे। यसपछि ब्याक नाइनमा दशौंदेखि १३औँ होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे। तर १८औँ होलमा एक सट खेर फाले र ब्याक नाइन ३–अन्डर ३१ मा पुरा गरे।

दोस्रो स्थानमा रहेका संसारले ८–ओभर ७६ मा पहिलो दिनको खेल सकाउने क्रममा उनले फ्रन्ट नाइन ३–ओभर ३७ र ब्याक नाइन ५–ओभर ३९ मा सकाए। १०–ओभर ७८ को स्कोरमा स्वप्निल भट्टराई तेस्रो स्थानमा रहेका छन्।

पुरुषकै १२ देखि १६ वर्ष उमेर समूहमा ईदान्त सिंह साउद १६–ओभर ८४ सहित सिद्धान्त सापकोटालाई २ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन। उनले फ्रन्ट नाइन ७–ओभर ४१ र ब्याक नाइन ९–ओभर ४३ मा पुरा गरे। १८–ओभर ८६ को स्कोरमा सिद्धान्त दोस्रो स्थानमा छन्। यसैगरी सोहम अग्रवाल र दीपक बहादुर कामी २१–ओभर ८९ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन्।

महिला खुल्लातर्फ अवानी राई २०–ओभर ८८ सहित शीर्षस्थानमा रहेकी छिन। उनले आइन्स्टिना टण्डनलाई ५ स्ट्रोकले पछि पारिन। आइसटिनाले २५–ओभर ९३ को स्कोर दर्ज गरिन्।

५४ होलको तीन दिने प्रतियोगितामा पुरुषतर्फ २७ र ४ महिलागरी कुल ३१ खेलाडीको सहभागिता रहेको छ। तीन विधाका विजेता खेलाडीहरूले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन्। प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउने छन्।

प्रतियोगितामा काठमाडौँबाहेक पोखरा, धरान र चितवनका खेलाडीले सहभागिता रहेको छ। यो प्रतियोगिता सन २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको थियो। कोभिडपछि रोकिएको प्रतियोगिता हालै नेपाल गल्फ संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौतासँगै पुनः सुचारु भएको हो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य