सिफानलाई म्याराथनको उपाधि, ७९औं स्थानमा रहिन् सन्तोषी
आइतबार, २७ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनको उपाधि नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छन्।
उनले निर्धारित दूरी दुई घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन्। यस्तै, दुई घन्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथाइपियाकी असिफा टिग्स्ट दोस्रो भइन्।
केन्याकी ओबिरी हेललले तेस्रो स्थान प्राप्त गरिन्। उनले सो दूरी २ घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन्। म्याराथनमा ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये ११ जनाले दूरी पूरा गर्न सकेनन्।
नेपालकी सन्तोषी श्रेष्ठ भने ७९औं स्थानमा रहिन्। उनले सो दूरी २ घन्टा ५५ मिनेट ०६ सेकेन्डम पूरा गरिन्।






-1765118145135.jpg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
