आधारभूत पौडी प्रशिक्षक तालिम सम्पन्न
शनिबार, १५ भाद्र २०८१खेलपाटी संवाददाता
-1725125083.jpg&w=3840&q=75)
काठमाडौं। नेपाल पौडी संघद्वारा आयोजित आधारभूत पौडी प्रशिक्षक तालिम सम्पन्न भएको छ। शनिबार सातदोबाटस्थित पौडी पोखरीको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले नेपालमा पछिल्लो समय पौडी प्रशिक्षकको धेरै डिमान्ड रहेको बताए। अध्यक्ष श्रेष्ठले पौडी पोखरी निर्माण गर्दा मापदण्ड पुरा नगरी बनाउने गर्दा पोखरीमै मान्छेको ज्यान गएको बताए। उनले भने ‘पछिल्लो दिन पौडी पोखरीमै मान्छेको ज्यान गइरहेको छ। जसको कारण भनेको पौडी पोखरी निर्माण गर्दा नै मापदण्ड पूरा नगरी बनेकोले हो।’
भदौ १३ गतेबाट सुरु भएको पौडी प्रशिक्षक तालिममा ३० जनाको सहभागी रहेको संघको सचिव गंगालाल गोलेले जानकारी दिए। तालिममा सहभागी भएकाहरूलाई प्रमुख अतिथि बस्नेतले प्रमाणपत्र वितरण गरिएको थियो ।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
