शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदुरपश्चिमका फुटबलर विस्तारै व्यवसायीक बन्दै छन् : सुरेश हमाल (अन्तरवार्ता)

आइतबार, ०६ माघ २०७५सन्जिब कुमार साह
सुदुरपश्चिमका फुटबलर विस्तारै व्यवसायीक बन्दै छन् : सुरेश हमाल (अन्तरवार्ता)
Loading ad...
mustang rice ad

फुटबल उनको क्षेत्र होईन । तर उनी फुटबललाई साह्रै माया गर्छन् । उनी अर्थात सुरेश हमाल, सुदुरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष ।

फुटबलका लागि नेपालको पुर्वी क्षेत्र उर्वर भुमी हो । राष्ट्रिय टिमका अधिकांश अनुहार पुर्वकै बाहुल्यता देखिन्छ । मोफसलमा हुने विभिन्न नकआउट प्रतियोगिता समेत पुर्वमानै धेरै सञ्चालन हुन्छन् । पुर्वको फुटबल संस्कृती अन्य क्षेत्रको भन्दा फरालिको छ ।

तर सुदुरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष हमाल पुर्वमा फक्रिएको फुटबल संस्कृतिलाई पश्चिममा सार्न लागिपरेका छन् । उनले प्रत्येक बर्ष खप्तड गोल्डकप आयोजक गर्दै आएका छन् । जुन मोफसलकै सर्वाधिक ठुलो पुरस्कार राशीको प्रतियोगिता समेत हो । जहाँ घरेलु फुटबलका महारथी क्लबदेखि विदेशी टिमले प्रतिस्पर्धा गर्ने गर्छन् । हिजो (शनिबार) मात्र प्रतियोगिताको तेस्रो संस्करण सकिएको छ ।

उनै हमालसंग पश्चिमको फुटबल संस्कृती, प्रतियोगिता अयोजनाको कठिनता र पश्चिम क्षेत्रमा फुटबलको सम्भावनाको बिषयमा खेलपाटीकर्मी दिपेश तिमलसिनाले कुराकानी गरेका छन् ।

खप्तड गोल्डकप सुरुवात कसरी गर्नुभयो ?

गत बर्षमात्र हिमालयन क्लबले एक्काईसौँ संस्करण मनाएको थियो । क्लबको बार्षिकोत्सवमा भारतको टिम हुँदै दाङ र रुपन्देहीसम्मको टिम ल्याएर प्रतियोगिता गरायौँ । प्रतियोगिता गाउँमै भयो । मैले गोजीको लाखौँ रुपैया खर्च गरेर पनि कुनै प्रचार पाएन ।

गाउँबाट विस्तारै म धनगढीमा आएको हुँ । बिजे स्पोर्टससंग जोडिए । धनगढीमा फुटबललाई राम्रो गराउन व्यक्तिगत खर्चमा समेत क्लब चलाए ।

सुरुवातबाट फुटबलमा काम गर्ने ईच्छा थियो । क्लबलाई नेतृत्व गरेर अघि बढे । त्यसपछि मैले गाउँबाट १८ खेलाडी लिएर आफ्नै घरमा बसाए । ७–८ बर्ष क्लबको दौरान भारतको लखनउ, धनगढीमा हुने सम्पुर्ण प्रतियोगितामा जित्दै गएका थियौ । उत्साह बढ्दै गयो ।

लगत्तै छैटौ राष्ट्रिय खेलकुद धनगढीमा हुने भयो । त्यसमा अधिकांश खेलाडी क्लबकै थिए । हामी च्याम्पियन पनि बन्यो । त्यसपछि हामी सबै साथीहरु छलफलमा बस्यौ । सुदुरपश्चिमका सबैलाई समेट्न सकियोस भनेर २०७३ साल भदौमा क्लब गठन गर्यौ ।

सुदुरपश्चिमको प्रतिभाले खेल्न पाओस र अन्य नकआउट प्रतियोगितामा खेल्न पाउने आशमा सुदुरपश्चिम ११ को टिम तयार बनायौ । त्यो समय अन्य चार विकास क्षेत्रमा लगातार फुटबलका गोल्डकप भईरहेका थिए । तर सुदुरपश्चिममा फुटबलको ठुलो प्रतियोगिता भएको थिएन । क्लब गठन लगत्तै गोल्डकप आयोजना गर्ने निर्णय गरियो । २०७३ साल पौष २१ गते खप्तड गोल्डकप आयोजना गर्ने निर्णय गरेका थियौ ।

पछिल्लो समय धनगढीलाई क्रिकेटको सहर भनेर चिनाउने प्रयास भईरहेका छ, तपाई चाँहि फुटबलमा आकर्षित हुनुको कारण ?

म सानैबाट फुटबल मन पराउने हुँ । फुटबललाई माया गर्ने मान्छे हुँ । धनगढीलाई फुटबलमा अगाडी बढाउन पर्छ भनेर सुरु गरिएको हो ।

सुदुरपश्चिममा फुटबलको प्रतियोगिता आयोजना गर्न कत्तिको गाह्रो छ ?

गाह्रो छ । मलाई २०७३ सालसम्म एन्फा कहाँ छ भन्ने थाहा थिएन । गाउँबाट धनगढी छिरेको हो । गोल्डकप सुरु गर्न लागेका थियौ । त्यो समय गणेश चन्द एन्फाको केन्द्रिय सदस्य हुनुहुन्थ्यो । उहाँकै सहयोगमा एन्फासंग पुग्न सफल भयौ । प्रतियोगिता आयोजना गर्न गाह्रो थियो । जिल्लाबाट सहयोग भईरहेको थिएन । तत्कालिन अध्यक्ष नरेन्द्र श्रेष्ठसंग छलफल गरेर पहिलो गोल्डकप गर्न सफल भयौ ।

पहिलो संस्करणमा हामीसंग कुनै प्रायोजक थिएनन् । साथीहरुले खल्तीको पैसा हालेका थिए । प्रतियोगितामा ४६ लाख खर्च भएको थियो । १० लाख टिकटबाट आएको थियो । बाँकी सबै आयोजकमा बसेका साथीहरु मिलेर जिम्मेवारी लिएका थियौ ।

दोस्रो संस्करणमा केही सहज भयो । प्रयोजकहरु आए । धेरै सजिलो भयो । तेस्रो संस्करणमा अझ राम्रो बनेको छ । युवाको टिम छ । समस्यासंग जुध्ने राम्रा केटाहरु छन् । आर्थिक र अन्य बिषयमा सहयोगका लागि तत्पर हुन्छन् । आर्थिक रुपमा केही समस्या छ तर सबै मिलिरहेको छ ।

ठुलो धनराशीको प्रतियोगिता भनेर प्रचार त भयो तर व्यवस्थापन गतिलो भएन भन्ने आरोप छ नि ?

त्यो मलाई लाग्दैन । मैले अन्य ठाउँमा प्रतियोगिता हेरेको छु । भत्ता, होटल व्यवस्थापनमा केहि कमजोरी भएका होलान । सबैको चित्त बुझाउन गाह्रो हुन्छ, केहि कमि कमजोरी देखाईहाल्छन् । हामीले आफ्नोतर्फबाट गरेका छौ । अध्यक्षले सबैलाई भेट्न नसकेको होला तर जिम्वेवारी अनुसार काम गरेका छौ ।

खप्तड गोल्डकपले सुदुरपश्चिमको फुटबल संस्कृतिमा के फरक पार्छ भन्ने लाग्छ ?

सुदुरपश्चिममा राम्रो खेलाडी हुँदा समेत आफ्नो प्रतिभा देखाउँन पाएका छैनन् । हामीले तीन वटा संस्करणको प्रतियोगिता सञ्चालन गर्दा ११ खेलाडीले विभिन्न क्लबबाट ए डिभिजन लिग खेल्न पाएका छन् ।

पहिलो पटक सुदुरपश्चिमका खेलाडीले लिग खेल्न पाए । त्यो खप्तड गोल्डकपकै देन हो । अहिले हाम्रा खेलाडीले विभिन्न क्लबमा मासिक ५० हजार रुपैयाँ सम्म पाउने गरेका छन् । यो हाम्रा लागि खुसीको कुरा हो । हाम्रो 'बी' टिम समेत छ । हामीलाई बी डिभिजन लिग खेल्न खेलाडीको माग आउन थालेको छ । यो सबै खप्तड गोल्डकपको देन हो । सुदुरपश्चिमका फुटबल खेलाडी विस्तारै व्यवसायीक बन्दै गएका छन् ।

सुदुरपश्चिमको क्षेत्रमा स्तरीय खेल मैदान छैनन । पुर्वाधारण विकासका लागि किन अहिलेसम्म पहल नगर्नुभएको हो ?

पहल गरेका छौँ । हामीले सुदुरपश्चिम ११ को छुट्टै मैदान चाहिन्छ भनेर माग गरेका छौँ । सुदुरपश्चिम ११ टिमका लागि हामी नेता तथा व्यवसायीक समुहसंग पनि गयौ । तर कतैबाट सहयोग भएन । आजसम्म नेत्री आर्जु राणाले यथेष्ट सहयोग हामीलाई गर्नुभएको छ । जग्गा भेटिएमा लागेको खर्च ब्यहोर्ने उहाँले बचन दिनुभएको छ ।

तेस्रो संस्करणसम्म आईपुग्दा खप्तड गोल्डकपको कस्तो खालको प्रभाव देख्नुभएको छ ?

धनगढीमा फुटबल बुझेका धेरै छैनन् । फुटबलमा गरेको लगानी र प्रायोजनले कस्तो फाईदा आउछ भन्ने थाहानै छैन । उद्योगी व्यवसायीबाट हुन पर्ने सहयोग भएको छैन । यहाँ मारवाडी समुदायको बाक्लो उपस्थिती छ । तर उहाँहरु आउनुभएको छैन । एक दिन सबै उद्योगी व्यवसायीले खप्तड गोल्डकपको महत्व बुझ्नु हुनेछ ।

खप्तड गोल्डकपले सुदुरपश्चिम क्षेत्रलाई के फाईदा पुगेको छ ?

होटलकै कुरा गरौँ । एघार वटा जति टिम राखेका छौ । होटललाई प्रत्यक्ष फाईदा भएको छ । विदेशी खेलाडीदेखि सबै यहाँ आएका छन् । रिक्सादेखि सबैको चाप बढेको छ । व्यापारिक मात्र नभएर यहाँको पर्यटकिय क्षेत्रको विकासमा समेत गोल्डकपले सहयोग पुर्याएको छ ।

तेस्रो संस्करणको प्रतियोगिताको समिक्षा कसरी गर्नुहुन्छ ?

सबै ठिक भयो । तर अपेक्षा अनुसारको दर्शक पाएनौ । एन्फाले दिएको समयमा प्रतियोगिता सक्न पर्ने बाध्यता थियो । अघिल्ला संस्करण हामीले पुसमा गरेका थियौ । हामीले प्रतियोगितालाई महोत्सवको रुपमा लिएका छौ । विद्यार्थीको परिक्षा, व्यापारिक महोत्सवले समेत दर्शकको संख्यामा थोरै कमि आएको हुन सक्छ ।

सुदुरपश्चिममा फुटबल विकासको लागि के योजना छ ?

एकेडेमी खोल्ने सोचमा छौँ । आर्थिक अवस्था निकै महत्वपुर्ण पाटो हो । हामी चाँडै एकेडेमी सुरु गर्छौ । क्लबको एकेडेमी बन्नेछ । तत्काल १८ खेलाडीलाई तलब दिएर अनुबन्धन गर्दैछौ । विदेशबाट प्रशिक्षक ल्याएर टिम अघि बढाउने योजना बनाएका छौ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ