आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई

बिहिबार, १३ मंसिर २०८१खेलपाटी संवाददाता
सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई
Loading ad...
mustang rice ad

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदीयमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन्। अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२-अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले माथ दिए। राहुलको सूर्य नेपाल गल्फ टुरमा करियरको यो पहिलो उपाधि हो।

गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन-पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११-अन्डर २७७ सहित दोस्रो भए। प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य भने समग्रमा ७-अन्डर २८१ सहित तेस्रो भए। उनले आज इभन-पार ७२ मा खेल सकाए।

समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो नीरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे। नीरजले आज १-ओभर ७३ र भुवनले २-अन्डर ७० मा खेल सकाए। प्रोफेसनलतर्फ संयुक्तरुपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। यसै गरी समग्रमा इभन-पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं भए। सुनिलले २-अन्डर ७० र जयरामले इभन-पार ७२ को स्कोर दर्ज गरे। दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए।

यसै गरी समग्रमा ३-ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सकाए। उनले आज इभन-पार ७२ मा खेल पुरा गरे। ४-ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५-ओभर २९३ सहित भुवन कुमार रोक्का समग्रमा दशौं भए। अन्तिम दिन सञ्जयले इभन-पार र भुवनले १-ओभर ७३ को स्कोर दर्ज गरे। उनीहरूले क्रमशः ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे। आज एमेच्योर गजेन्द्र गुरुङले १०औं होलमा होल-इन-वानको सफलता प्राप्त गरे।

अन्तिम १८ होलको खेल सुरु गर्दा राहुल र सद्भावविरुद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो। उपाधि जित्ने सम्भावना तोरणको उच्च थियो। तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे। दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। उनले बोगीरहित फ्रन्ट नाइन खेले। फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। यता लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगीविरुद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। फ्रन्ट नाइनको खेल सकिँदा राहुलले खेललाई बराबरीमा पुर्‍याए।

तोरण र राहुल समान ११-अन्डरमा थिए। यसपछि बाकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिस्पर्धा चल्यो। राहुलले ११औं र १२औं होलमा बर्डी प्रहार गरे। तोरणले भने १०औं र १३औं होलमा एक-एक सट बचाए भने १५औं होलमा बोगी प्रहार गर्दा १५औं होलको खेल सकिँदा खेल बराबरीमा पुग्यो। १६औं होल राहुलको लागि टर्निङ प्वाइन्ट बन्यो। उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे। राहुलले एक स्ट्रोकको अग्रता बनाए। १७औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते। राहुलले दाबेदार सद्भावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि