शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

एमेच्योर सदभावलाई उपाधि, प्रो निरज दुई स्ट्रोकले पराजित

शुक्रबार, २८ मंसिर २०८१खेलपाटी संवाददाता
एमेच्योर सदभावलाई उपाधि, प्रो निरज दुई स्ट्रोकले पराजित
Classic Tech Internet Ad

काठमाडौं। डिफेन्डिङ च्याम्पियन प्रो– निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन्। आज ६–अन्डर ६२ को सनादार स्कोरमा एमेच्योर सदभाव आचार्यले समग्रमा १५–अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए। उनले काठमाडौ ओपनमा भुवन नगरकोटीले बनाएको १४–अन्डर २५८ को रकर्ड तोडेका हुन।

उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३–अन्डर ६५ सहित समग्रमा १३–अन्डर २५९ को स्कोरमा दोस्रो भए। उनले प्रो तर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे। दिनेश प्रजापतिले अन्तिम दिन ३–अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८–अन्डर २६४ सहित तेस्रो भए। उनले ८५ हजार नगद हात पारे।

एमेच्योर राहुल विके समग्रमा ६–अन्डर २६६ सहित चौथो भए। उनले अन्तिम दिन ४–अन्डर ६४ स्कोर दर्ज गरे। समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए। नेपाल नम्बर एक प्रो भुवनले आज ४–अन्डर ६४ सहित समग्रमा ४–अन्डर २६८ सहित पाँचौ हुँदै नगद ६८ हजार जिते। विष्णु प्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३–अन्डर २६९ को स्कोरमा संयुक्तरुपमा छौटौं स्थान बाँडे। विष्णुले ३–ओभर ७१ मा खेल सकाए। पहिलो दिनका लिडर जयरामले आज ६–अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औं देखि १८औं होलसम्म लगातार ६ बर्डी प्रहार गरे। उनीहरू दुवैले ५१ हजार ५ सय प्राप्त गरे।

समग्रमा इभन–पार ७२ सहित सञ्जय लामा आठौं, २–ओभर २७४ सहित दीपक मगर नवौं र ३–ओभर २७५ सहित तोरण विक्रम शाही क्रमश आठौं, नवौं र दशौं भए। सञ्जयले आज ४–अन्डर ६४, दीपकले ३–ओभर ७१ र तोरणले ३–अन्डर ६५ बनाए। उनीहरूले क्रमश ४५ हजार, ३८ हजार र ३५ हजार नगद प्राप्त गरे।

अन्तिम दिन आज खेलको सुरूवात गर्दा सदभाव निरजभन्दा एक स्ट्रोकले पछि थिए। आज फ्रन्ट नाइनको खेल सकिंदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो। दुवैले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए। सदभावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे। निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे।

११औं होल टर्निङ प्वाइन्ट बन्यो। सदभावले बर्डी प्रहार गरे भने निरजले बोगी खेले। यसपछि सदभावले एक स्ट्रोकको अग्रता बनाए। सदभावले यसपछि १३औं होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे। यही अग्रतालाई निरन्तरता दिँदै सदभावले ब्याक नाइन २–अन्डर ३२ मा सकाए र उपाधि जिते। निरजले भने ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे। सदभावले आज पनि बोगीरहित प्रदर्शन गरे।

दिनेशले फ्रन्ट नाइन २–अन्डर ३४ मा खेले। पहिलो, चौथो, पाँचौं र आठौं होलमा एक–एक सट बचाए। तर सातौं होलमा डबल बोगी खेपे। यसपछि १४औं होलको बोगी विरूद्ध १०औं र १३औं होल बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए।

प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे। चार दिने प्रतियोगितामा कुल  ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको थियो। कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ