आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिकका सबै कार्य गैरकानुनी : खेलकुद मन्त्रालय

आइतबार, ०३ चैत्र २०८१खेलपाटी संवाददाता
ओलम्पिकका सबै कार्य गैरकानुनी : खेलकुद मन्त्रालय
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीले गरेका सबै कार्य गैरकानूनी हुने बताएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर खेलकुद मन्त्री चौधरीले ओलम्पिक निर्वाचनलाई अवैध ठहर गरिएको जानकारी दिदै ओलम्पिकको नाममा हुने सबै कार्य गैरकानून हुने बताएका हुन् । 

'नेपाली खेलकुदको नाममा विदेश घुम्ने र सरकारी हस्तक्षपको नाममा नेपाल र नेपाली खेलाडीको नाममा विदेशीसँग सम्झौता गर्ने र मुलुकको कानूनले तोके अनुसार नगरी विदेशीको निर्देशनमा निवर्वाचन लगायतत अन्य कार्य गर्ने कामलाई तत्काल बन्द गर्नुपर्छ ।' खेलकुद मन्त्री चौधरीले भने । 

खेलकुद मन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटीले आफ्नो क्रियाकलाप, विधान संशोधन र स्वीकृति, लेखापरिक्षण, निर्वाचन, नेपालको विदेशमा गरेका सम्झौता र आफ्नो भ्रमण एवम सहभागिता बारे कुनै जानकारी नगराएको र कानून बमोजिम स्वीकृति नलिएको समेत बताएका हुन् । 

ओलम्पिक कमिटीका पदाधिकारीलाई सरकारले विदेश भ्रमणमा रोक लगाउँदै विदेशमा समेत डिपोर्ट गर्न थालेपछि जीवनराम श्रेष्ठ नेतृत्वको अवैधानिक कमिटीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर आपत्ति प्रकट गरेको थियो ।

लगत्तै मन्त्रालयले पत्रकार सम्मेलन गरेर स्वयत्तता र स्वतन्त्रताको नाममा देशको कानूनी शासनको धज्जी उडाउने र सरकारी हस्तक्षपको बहानामा देशको खेल क्षेत्रमा मनपरी गर्ने कार्य तत्काल बन्द गरिनुपर्ने बताएको हो । 

नेपालको ओलम्पिक विवादमा समाधान गर्न अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसी र ओलम्पिक कमिटी अफ एसिया ओसिएले प्रयास थालेका थिए । सोही अनुसार अदालतमा मुद्धा दायर गर्ने ५ संघलाई कुतेवमा बोलाएर मताधिकार सहितको सदस्यता दिने र संघले अदालतमा दायर गरेको मुद्धा फिर्ता लिने सहमती गराएका थिए । 

सहमतीको अपब्याख्या र जालझेल गर्दै जीवनराम श्रेष्ठ अवैधानिक कमिटीमार्फत संघहरुलाई सदस्यता दिने प्रकृया अघि बढाएर अवैधानिक कमिटीलाई वैधानिक बनाउन प्रयास गरेपछि ओलम्पिक विवाद थप गिजोलिएको छ । 

ओलम्पिक निर्वाचन अवैध गरेको ठहर गर्दै सरकारले ओलम्पिक केन्द्रिय कार्यालयमा ताला लगाउनेदेखि वैदेशिक भ्रमणमा रोक लगाउने गरी काम कारबाही प्रकृयालाई अघि बढाएको छ । सोही अनुसार आईतबार पुन नेपाल ओलम्पिक कमिटीको केन्द्रिय कार्यालयमा सरकारले ताला लगाएको छ । जुन केन्द्रिय कार्यालयमा जीवनराम श्रेष्ठले चैत ७ गते साधारण सभा बैठक बोलाएका थिए । सो साधारण सभाको वैधानिकता नरहने भन्दै अदालतमा मुद्धा दायर गरेका केही संघहरुले बैठकमा सहभागी नहुने र अदालतमा दायर गरेको मुद्धा फिर्ता नलिने भएका छन् । 
 

Loading ad...
LiNing Ad
#ओलम्पिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच