सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

माओवादीले ‘प्रचण्ड कप’ भलिबल आयोजना गर्ने 

शुक्रबार, १५ चैत्र २०८१खेलपाटी संवाददाता
माओवादीले ‘प्रचण्ड कप’ भलिबल आयोजना गर्ने 
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल खेलकुद महासंघले गणतन्त्र दिवसका अवसरमा ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

माओवादी केन्द्रको जनवर्गीय संगठनको रूपमा रहेको खेलकुद महासंघले राष्ट्रियस्तरको पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। 

महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको महासंघका महासचिव अञ्जन धमलाले जानकारी दिए। ‘प्रचण्ड नेतृत्व सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा सोही खेलको प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ धमलाले भने। 

धमलाले थपे, ‘गणतन्त्र स्थापना र भलिबललाई देशको राष्ट्रिय खेल बनाउन अध्यक्ष प्रचण्डको भूमिका महत्त्वपूर्ण रहेको सबैलाई थाहा नै छ। तत्कालीन प्रचण्ड सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो। त्यसैले पनि जेठमा नै भलिबल प्रतियोगिता गर्न लागेका हौं।’ 

बैठकले महासंघको राष्ट्रिय सम्मेलन सोही वर्षको असार ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्य एसियन मार्सल आर्ट्स गेम्स तथा खेलकुद महोत्सव गर्ने भएको छ। सो मार्सल आर्ट्स गेम्स आगामी जेठ २ र ३ गते गर्ने गरी महासंघले तयारीसमेत थालेको छ। 

महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले नेपाली खेलकुदको विकास, विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउन मद्दत पुग्ने गरी काम गर्न सदैव अग्रसर हुने बताए 

महासंघको बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै सम्पन्न गर्न सरकारलाई सचेत गराउँदै खेलाडीहरूको खेल्न पाउने अधिकारबाट वञ्चित नगराउन अपिल समेत गरेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि