त्रिवि क्रिकेट मैदानलाई ४० करोड बजेट
बिहिबार, १५ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। सरकारले त्रिवि क्रिकेट मैदानको स्तरउन्नती गर्न ४० करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत उक्त जानकारी गराएका हुन्।
‘त्रिवि क्रिकेट मैदानको स्तरउन्नती गर्न ४० करोड छुट्टाइएको छ ,’ उनले भने।
सन् १९९८ मा बनेको उक्त मैदानले २७ वर्षपछि पारापिट र फ्लड लाइट पाउन लागेको छ। यसवर्ष नै उक्त मैदानमा १० हजार दर्शक क्षमताको पारापिट बनाइने लक्ष्य लिइएको छ। अर्को वर्ष भने पारापिटमा छानो हाल्ने लक्ष्य राखिएको छ।














-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)