रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
शुक्रबार, १६ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। रोहित शर्माको सानदार ब्याटिङसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत इलिमिनेटरमा गुजरात जायन्ट्सलाई २२९ रनको विशाल लक्ष्य दिएको छ।
पहिला ब्याटिङ थालेको मुम्बईले ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको हो।
मुम्बईका ओपनर रोहितले सर्वाधिक ८१ रन बनाए। ५० बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। उनी र जोनी बेयरस्टोले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।
२२ बल खेलेका जोनीले ४ चौका र ३ छक्कासहित ४७ रन बनाए। सूर्यकुमार यादव ३३ र तिलक बर्मा २५ रनमा आउट भए।














-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)