सुदूरपश्चिमको जितको खडेरी अन्त्य

काठमाडौं। सुशिल रावलले घातक बलिङ गरेसँगै सुदूरपश्चिम प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता जितको खडेरी अन्त्य गरेको छ।
शुक्रबार सम्पन्न तेस्रो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै सुदूरपश्चिमले अंक तालिकामा खाता खोलेको छ। यसअघि कर्णालीसँग ५ र कोशी प्रदेशसँग सुदूरपश्चिम ७ विकेटले पराजित भएको थियो। मधेशको भने यो पहिलो हार हो। ३ खेलबाट ४ अंक पुर्याएको मधेशले यसअघि गण्डकीलाई ५ विकेट र कर्णालीलाई ९२ रनले पराजित गरेको थियो।
मधेशले दिएको ८७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३ ओभरमा २ विकेट गुमाउँदै ९० रन बनायो। सुदूरपश्चिमका ओपनर विक्रम बोहराले सर्वाधिक ४३ रन बनाए। ३१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
आयुष चन्दले ४६ बलमा ६ चौकासहित ३४ रन बनाए। मधेशका नुमैर अहमद र शेख अरमानले समान एक विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको मधेशले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो।
मधेशका राजीवकुमार सदाले अविजित रहँदै सर्वाधिक २० रन बनाए। १६ बल खेलेका उनले ३ चौका प्रहार थरे। परिमार्जन यादव ११ र अहमद १० रनमा आउट भए।
सुशिलले सर्वाधिक ५ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १ मेडनसहित २९ रन खर्चिए। सचिन भट्टले ३ र रितेश विष्टले २ विकेट लिए।














-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)