सहज जित निकाल्दै पुलिस फाइनलमा

पोखरा। एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पुलिस ३–० को सोझो सेटमा विजयी भएको हो।
एभरेस्टले कुनै पनि सेटमा पुलिसलाई चुनौती दिन सकेन। पहिलो सेटमा कुनै बेला एभरेस्ट १०-९ को स्थितिमा थियो। तर, पुलिसले खेलमा पुनरागमन गर्दै उक्त सेट २५–१६ ले आफ्नो बनायो।
दोस्रो सेट भने एभरेस्टका लागि जन सम्झनलायक रहेन। उक्त सेट पनि २५–१३ ले गुमायो। अन्तिम तथा तेस्रो सेट पनि पुलिसले २५–११ ले जित्दै फाइनलमा स्थान बनायो। अब पुलिसले उपाधिका लागि शनिबार न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र अर्को विभागीय टोली एपिएफ क्लबबीचको विजेतासँग खेल्ने छ।
दोस्रो सेमिफाइनलमा न्यु डायमन्ड र एपिएफ केही बेरपछि भिड्दैछन्।






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


