पुलिसलाई हराउँदै एपिएफले जित्यो प्रचण्ड कप
-1749900659.jpeg&w=3840&q=75)
काठमाडौं। विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई सहजै पराजित गर्दै एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।
पोखरा रंगशालास्थित कभर्डहलमा शनिबार सम्पन्न खेलमा एपिएफ ३–० को सोझो सेटमा विजयी भएको हो। योसँगै एपिएफले ६ लाख रुपैयाँ प्राप्त गरेको छ। पुलिसले भने ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।
फाइनल पुग्दासम्म अपराजित रहेको पुलिसले निर्णायक खेलमा भने उक्त लय कायम राख्न सकेन। पहिलो सेट केही प्रतिस्पर्धात्मक भएको थियो। एक समय खेल १८–१६ को स्थितिमा थियो। तर, पुलिसले ३ अंक मात्रै थप्न सक्यो। एपिएफले भने उत्कृष्ट प्रदर्शन गर्दै सेट २५–१९ ले आफ्नो बनायो।
दोस्रो सेटमा पुलिसले पुनरागमन गर्ने संकेत देखाएको थियो। तर, निरुता ठगुन्नाको अट्याक र एपिएफको डिफेन्ससामु पुलिस पुन: निरिह बन्यो। उक्त सेट पनि एपिएफले २५–२० ले आफ्नो बनायो। योसँगै खेलमा एपिएफले २–० को अग्रता लिइसकेको थियो। त्यसपछि पुलिसले पुनरागमन गर्ने आशा मार्यो।
तेस्रो तथा अन्तिम सेटमा एपिएफले २५–११ ले जित हात पार्यो। शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो।
न्यु डायमन्डले १ लाख रुपैयाँ हात पार्यो। फाइनल पुग्न एपिएफले न्यु डायमन्ड र पुलिसले एभरेस्टलाई समान ३–० को सेटमा पाखा लगाएका थिए।






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


